ताजा समाचार

सुन तस्करी प्रकरणः राहुल महराविरुद्ध संगठित अपराधमा अनुसन्धान गरिने

काठमाडौं । विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका राहुल महरालाई प्रहरीले हिरासतमा राख्ने भएको छ ।

उनीमाथि अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिन जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ । उनीमाथि संगठित अपराधमा अनुसन्धान गर्ने भन्दै हिरासतमा राख्न अनुमति माग गरेको सीआईबी स्रोतले बताएको केही सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

गत वर्ष चिनियाँ व्यापारीले भेपमा लुकाएर सुन ल्याएको फेला परेको थियो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा उक्त सामान रोकिएपछि चिनियाँ ब्यापारीले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलसँग सामान छुटाउन सहयोग मागेका थिए ।

त्यस क्रममा चिनियाँ व्यापारीसँग महरा बाबुछोराको पटक पटक टेलिफोन सम्पर्क भएको भन्दै सीआईबीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन पनि दिएको थियो । तर सुन तस्करी प्रकरणमा उनीहरुविरुद्ध अनुसन्धान भएको थिएन । महरा बाबुछोरामाथि पनि अनुसन्धान हुनुपर्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र नागरिकस्तरबाट पनि माग भइरहेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org