ताजा समाचार

सुनको मूल्यमा वृद्धी हुँदा, चाँदीको मूल्य गिरावट

काठमाडौं । बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ ।

आज छापावाला सुनको मूल्य एक लाख १२ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यावसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य भने एक लाख १२ हाजार २५० रुपैयाँ कायम रहेको छ । त्यस्तै आज चाँदीको मूल्यमा गिरावट आएको छ, आज चाँदीको मूल्य पाँच रुपैयाँले घटेर १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बुधबार एक लाख १२ हजार ५०० रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो भने तेजावी सुन एक लाख ११ हजार ९५० रुपैयाँमा खरिद बिक्री भएको थियो । यस्तै, हिजो १४ सय ८० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org