ताजा समाचार

पेट्रोलियम पदार्थको भाउ बढ्यो, ग्यासको प्रतिसिलिण्डर २३५ रुपैयाँ वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेलरमट्टितेलमा ३ रुपैयाँ बढाइएको हो ।

खाना पकाउने ग्यासमा भने एकैपटक २३५ रुपैयाँ मूल्य बढेको आयल निगमले बिहीबार साँझ विज्ञप्तिमार्फत जनाएको छ । नयाँ मूल्य अनुसार ग्यास प्रतिसिलिन्डर १ हजार ८९५ पुगेको छ ।

यसअघि ग्यास सिलिन्डरको १ हजार ६६० थियो । यसअघि पेट्रोल काठमाडौंमा प्रतिलिटर १८२ र डिजेलरमट्टितेल प्रतिलिटर १७० पुगेको छ । पेट्रोल १७८ र डिजेलरमट्टितेल १६७ रुपैयाँ थियो । वृद्धि भएको मूल्य आज मध्यरातिदेखि नै लागू हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org