ताजा समाचार

भोजपुर केन्द्रबिन्दु भएर भूकम्प

भोजपुर। भोजपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गएराति १ बजेर ११ मिनेटमा चार म्याग्निच्युटको भूकम्प गएको हो ।

भोजपुरको तुङ्गेछा आसपास केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का भोजपुर जिल्ला आसपासका क्षेत्रमा पनि महसुस भएको थियो । यसअघि गत साउन ३२ गते बझाङको खिराताडी आसपास केन्द्रबिन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प मापन भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org