‘नारायण रायमाझी साङ्गीतिक साँझ’ आज
काठमाडाैँ । वरिष्ठ लोकगायक, सङ्गीतकार, चलचित्र निर्देशक र बहुआयामिक स्रष्टा नारायण रायमाझीको एकल साँझ आज नेपाल प्रज्ञा प्रतिष्ठान कम्लादीमा हुने भएको छ ।
दिउँसो १ः०० बजे सुरु हुने ‘नेपाल टेलिकम नारायण रायमाझी साङ्गीतिक साँझ’मा रायमाझीका सबै शैलीका सदाबहार लोकप्रिय गीत–सङ्गीतको प्रस्तुति रहने छ । उनीसँगै सहकार्य गरेका अन्य कलाकारको पनि साथसाथै प्रस्तुति रहने छ ।
स्रष्टा रायमाझीले मार्मिक कथाव्यथामा आधारित सयौँ गीत आम स्रोतमाझ पस्केका छन् । उनका ‘मलाई सम्झी रेलिमै (कार्गिल)’ देखि ‘फुलबुट्टे चोलीमा’, राम्दीपुल तर्नेबित्तिकै, गेटमा बेली जाई, कालो केसमा रातो रिबन, पसिनाले पैसा साटेर, माया पैँचो नदेउ साइँली, लाइछौ बेसन, नमुछे आमा दहीमा टीका, हाँसेर बोलीदेऊ माया, सान्नानीले झुक्कायो मलाईलगायत प्रस्तुत गर्नेछन् ।
नेपालका सबैभन्दा बढी कलाकार आबद्ध रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानद्वारा आयोजना गर्न लागिएको उक्त पहिलो एकल साँझको तयारी पूरा भएको प्रतिष्ठानका अध्यक्ष रीता थापामगरले जानकारी दिइन् । हालसम्म आयोजना गरिएका ‘एकल साँझ’मध्ये ‘नेपाल टेलिकम नारायण रायमाझी साङ्गीतिक साँझ’ धेरै दर्शकले प्रत्यक्ष अवलोकन गर्ने उनले दाबी गरिन् । स्रष्टा रायमाझीको प्रस्तुति सुन्न देशभरिबाट कलाकार र दर्शक आउन लागेका प्रतिष्ठानका अध्यक्ष थापामगरले बताइन् ।
प्रज्ञा प्रतिष्ठानमा प्रवेश पासको व्यवस्था गरिएको तथा हल बाहिर प्रतिष्ठान परिसरमा पनि टेलिभिजनमार्फत निःशुल्क हेर्ने व्यवस्था मिलाइएको प्रतिष्ठानका कोषाध्यक्ष एवं गायक तथा सञ्चारकर्मी अमृत अधिकारीले जानकारी दिए । विवाहमा छोरीलाई बिदाइ गर्ने बेला बुवाले दिने आशीर्वादलाई समेटेर बनाइएको स्रष्टा रायमाझीको नयाँ मार्मिक गीत पनि आजै सार्वजनिक गर्न लागिएको उनले बताए । साथै आगामी कात्तिक ३ गतेदेखि प्रदर्शन गर्न लागिएको स्रष्टा रायमाझीको नयाँ चलचित्र ‘परदेशी–२’ डेमो प्रदर्शन गर्न लागिएको कोषाध्यक्ष अधिकारीले बताए ।
स्रष्टा रायमाझी २०४२ सालदेखि निरन्तर लोकगीत, सङ्गीतमा साधनारत छन् । गीत–सङ्गीतका क्षेत्रमा सबैलाई सहयोग गर्ने, नयाँ कलाकारलाई सधैँ उत्प्रेरित गरिरहने स्रष्टा रायमाझीलाई लोकसङ्गीतका क्षेत्रमा समर्पित वरिष्ठ कलाकारका रूपमा लिइन्छ ।
बुवा सूर्यबहादुर रायमाझी र आमा कृष्णकुमारी रायमाझीको दोस्रो सन्तानका रूपमा २०२० सालमा पाल्पाको झडेवामा जन्मिएका रायमाझीका दाइ लक्ष्मण रायमाझी र भाइ दुर्गा रायमाझी पनि चर्चित कलाकार हुन् । दाइ लक्ष्मणको केही वर्ष अगाडि निधन भइसकेको छ । भाइ दुर्गा प्रतिष्ठानको पूर्वअध्यक्ष तथा हाल सल्लाहकार छन् ।
Comments
अरु समाचार
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...












