ताजा समाचार

इलाम अस्पतालमा छैन् बेड,बिरामीलाई भूइँमै राखेर उपचार गर्नुपर्ने बाध्यता

काठमाडौं । इलाम अस्पतालमा बेड अभाव भएपछि अस्पतालले भुइँमा सुताएर उपचार गरिएको छ ।

पछिल्लो इलाम अस्पतालमा डेंगु, ज्वरो र स्कपटाइफसका बिरामी बढे पछि बेड अभाव हुँदा भुईमा सुताएर उपचार गर्नुपर्ने बाध्यता छ ।
सो अस्पतालमा दैनिकजसो ७० देखी ८० जनाको संख्यामा इमरजेन्सीमा बिरमी आउने गरेको इलाम अस्पतालका इमर्जेन्सी इन्र्चाज टीका लुईटेलले बताए ।

डेंगु,स्कफटाइफस र भाइरल ज्वरोका बिरामीको चाप बढेका कारण अस्पतालमा बेड अभाव भएको हो । जिउ दुख्ने, हातखुट्टा करकर खाने , आँखाका दाना दुख्ने , प्रेसर कम हुने , ज्वरो अत्याधिक आउने लक्षण भएका बिरामी आउने क्रम बढ्दो छ , बेड अभावमा उनीहरुलाई भूइँमै राखेर पनि उपचार गर्नुपर्ने बाध्यता छ , इलाम अस्पतालका व्यावस्थापक क्षितिज खतिवडाले बताएका छन् ।

अस्पतालको ओपेडीमा पनि दैनिक ३ सय ७५ जनासम्म बिरामी आउने गरेको इलाम अस्पतालका व्यवस्थापक खतिवडाले बताए । इमरजेन्सीमा जम्मा ११ वटा मात्र बेड छन् ।

इमरजेन्सी आएका बिरामीलाई बेड नपुगेपछि भूइँमै राखेर पनि सेवा दिइएको छ, व्यावस्थापक खतिवडाले भने , ओपिडिमा पनि बिरामीको संख्या बढेका कारण जसोतसो धान्नुपरेको छ ।

साउन १० देखी भदौसम्म जाँच गराउन आउनेमध्ये ४१ जनामा डेंगु पुष्टि भएको छ । सोही अवधिमा २४ जनामा स्कफटाइफस देखिएको छ । यीमध्ये डेंगु १० जना र स्कफटाइफसका पाँच जना बिरामी भने अस्पतालमै आएर उपचार गराइरहेका छन् । जिल्लामा अहिलेसम्म २ सय ३ जनामा डेंगु संक्रमण पुष्टि भएको जिल्ला स्वस्थ्य कार्यालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org