ताजा समाचार

पाल्पा सवारी दुर्घटनामा परी ६ जना घाइते

काठमाडौं । पाल्पामा सवारी दुर्घटनामा परि ६ जना घाइते भएका छन् ।

बा १६ च ४३७३ नम्बरको जिप पाल्पा जिल्ला तानसेन नगरपालिका १२ गाईघाटको सडकबाट १०० मिटर तल खस्दा ६ जना घाइते भएको अर्गली प्रहरी चौकीका प्रहरी हवल्दार बलराम पाण्डेले जानकारी दिएका छन् ।

घाइते सबैलाई उपचारको लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा लगिएको समेत प्रहरीले जनाएको छ ।

गत भदौ १३ गते पाल्पाको जोर्तेमा गुडिरहेको जिपमा एक्कासी ढुङ्गा खस्दा हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org