‘पूर्वप्रधानमन्त्री नेपाल निर्दोष छन्’ भन्ने प्रधानमन्त्री दाहालको अभिव्यक्तिप्रति एमाले नेता ज्ञवाली आक्रोशित
काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिप्रति आक्रोश पोखेका छन् । शनिबारदेखि बुटवलमा सुरु पार्टीको लुम्बिनी प्रदेश अधिवेशनमा उनले ‘ललितानिवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष साबित’ भएको भन्ने अभिव्यक्तिप्रति प्रश्न उठाएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चाको कार्यक्रममा ‘अब नेपाललाई कसैले तर्साउन नसक्ने’ बताएका थिए । ज्ञवालीले ‘सुनपानी छर्किएर जनअदालतको अभ्यास फेरि सुरु गरिएको हो र?’ भन्दै प्रश्न गरे ।
“सामान्य टिप्पणी उठाउने खरदारलाई जेल कोचेर उहाँ जसले ललितानिवासको निर्णय गरे, उहाँहरूलाई सुनपानी छर्केर चोख्याउँदै हुनुहुन्छ । हिजो उहाँ कतै बोल्दै हुनुहुन्थ्यो– मेरो ठूलो टेन्सन सकियो, माधव नेपालजीको पनि टेन्सन सकियो,” ज्ञवालीले भने, “ए, पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यू, तपाईंहरूले फेरि एकचोटि जनअदालतको अभ्यास गर्न थाल्नुभएको हो र ?”
उनले नेपालको अदालतले त्यस्तो नभन्ने बताउँदै ‘सुनपानी छर्कने तपाईं को हो र ?’ भनी प्रश्न गरे । “नेपालको अदालतले त त्यस्तो भन्दैन । भर्खर अदालतमा मुद्दा दायर भएको छ । पैरवी हुन बाँकी छ । बहस, फैसला हुन बाँकी छ । तपाईं को हो, कसलाई सुनपानी छर्कने र कसलाई नछर्कने भन्ने र ?,” उनको प्रश्न छ ।
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
एमाले महाधिवेशन : चुनावी प्रक्रिया सुरु !
काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको छ । सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको भृकुटीमण्डपमा...
-
एमाले केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङको उम्मेदवारी घोषणा
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । करिब ४ दशक लामो...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
एमाले महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज उम्मेद्वारी दर्ता
काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भइसकेको छ । निर्वाचन समितिले सार्वजनिक...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...
-
एमाले महाधिवेशनः गठन भयो माइन्युट कमिटी, के गर्नेछ काम ?
काठमाडौं । नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ। महाधिवेशनअन्तर्गत...












