चीन र भारत दुवैतर्फ नाकामा सशस्त्र प्रहरीले ६८ सहायता कक्ष स्थापना
काठमाडौं । भारत र चीन सँगका मुख्य सीमानाकामा सशस्त्र प्रहरीले स्थायी रुपमा साहयता कक्ष सञ्चालनमा ल्याएको छ । सीमा क्षेत्रमा आवतजावत गर्नेहरुलाई सहयोग र सहजीकरणका लागि सशस्त्र प्रहरीले जनाएको छ।
भारततर्फ ६५ र चीनतर्फका तिन नाकामा गरी ६८ वटा साहयता कक्ष स्थापना गरिएको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले बताएका छन्। विगतमा चाडपर्वको वेलामा मात्र सीमानाकामा साहयता कक्ष सञ्चालन हुन्थे । सीमा क्षेत्रमा जानकारीको अभावले सर्वसाधारण ठगिने र समस्यामा पर्ने भएकाले उनीहरुकै सहयोग र सहजीकरणका लागि सहायता कक्ष सधैभरि सञ्चालन गर्न थालिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
महेन्द्रनगर , धनगढी, नेपालगञ्ज, भैरहवा र वीरगञ्जमा भने छुट्टै् कक्ष नै बनाएर यस्तो सेवा थालिएको छ । अन्य स्थानमा अस्थायी प्रकृतिका साहयता कक्ष भए पनि त्यसलाई स्रोत साधन थपेर सेवा दिने सशस्त्र प्रहरीको तयारी छ । त्यस्तै, ४२ ठाउँमा सशस्त्र प्रहरीका हेल्थ डेस्क पनि सँगै सञ्चालनमा छन् । सबैतिर भर्खरै सुरु भएको र यसलाई विस्तार गर्दै लगिने सशस्त्र प्रहरी प्रवक्ता खड्काले बताए ।
भारततर्फ दुई सय ४३ तथा चीनतर्फ सशस्त्र प्रहरी बलका आठ बिओपी रहेका छन् । मुख्य नाकाहरुमा साहयता कोष नै बनाएर सीमामा समस्यामा परेका नागरिकलाई सहयोग गर्ने सशस्त्र प्रहरीको योजना छ । हाल कतिपय अन्य संधसंस्थासँगको समन्वयमा सहयोग हँदै हाएकोे प्रहरी प्रवक्ता खड्का बताउँछन् । सीमामा अलपत्र पर्ने कतिपयलाई गाडी रिर्जभ नै गरेर समेत गन्तव्यमा पठाउँने गरिएको छ , उनले भने । सहायता कक्षबाट प्रदान गरिने सेवाले नागरिकलाई सहयो हुने र सीमा सुरक्षामा पनि सहयोग पुग्ने सशस्त्र प्रहरी अधिकारी बताउँछन् । भारत तथा चीन जाने र उताबाट आउने दुवै पक्षलाई सहयोग गर्न सहायता कक्ष स्थापना भएका हुन् ।
कतिपयलाई भारत जाँदा कसरी बस तथा रेलको टिकट काट्ने भन्ने थाहा नहुने गरेका छ । त्यस्तै , नियमभन्दा धेरै भारतीय रुपैयाँ बोकेर जाँदा समस्यामा पर्ने गरेका छन् । कतिपय नाका जंगलको बाटो भएर यात्रा गर्नुपर्ने भएकाले सुरक्षाको जोखिम हुने गरेको छ। यस्ता विषयमा पनि सशस्त्र प्रहरी परामर्श दिने गर्दछ । साथै भारतीय पक्षतर्फ सशस्त्र सीमा बल (एसएसबी) सँग समेत समन्वय गरिदिने गरेका छ। यसका लागि कतिपय सहायता कक्षले भिजिटिङ कार्डको अवधारणा समेत सुरु गरेका छन् । सीमा सुरक्षालाई बलियो बनाउँदै लैजाने र सीमा क्षेत्रमा हुने ठगीलगायतका गतिविधिसमेत यसबाट नियन्त्रण हने शसस्त्र प्रहरी अधिकारी बताउँछन् ।
सीमामा सीमा अपराध अभिलेख शाखा स्थापना गरि सञ्चालनमा ल्याइएको छ । सीमापार अपराधको विश्लेषण र नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले सीमा अपराध अभिलेख शाखा स्थापना गरेको छ । सीमा सुरक्षा विभागअन्तर्गत नयाँ शाखा स्थापना भएको हो । सीमापार अपराधको अभिलेख राखी विश्लेषण गरी सुरक्षा प्रहरी बलले जनाएको छ। एसपीको नेतृत्वमा हुने शाखाअन्तर्गत मानव बेचबिखन तथा ओसारपोसार , जैविक अपराध । हातहतियार तथा खरखजना र लागुऔषधसम्बन्धी अपराधको छुट्टाछुट्टै तत्थ्यांक राखिने जनाएको छ । यसले सीमापार अपराधको प्रवृत्ति पनि राज्यलाई थाहा हुन्छ , सीमा विभागका एक अधिकारीले भने ।
Comments
अरु समाचार
-
सुशासन, विकास र समृद्धिका लागि ‘हिमालय मातृभूमी फाउण्डेशन’ को स्थापना : अध्यक्ष टीकाराम पुरी
काठमाडौं । 'हिमालय मातृभूमी फाउण्डेशन' का अध्यक्ष टीकाराम पुरीले आफू अध्यक्ष रहेको संस्था नेपाललाई माया गर्ने देशमक्त नेपालीहरुको सेवामुलक साझा...
-
दुई हजार छ सय परिवारको निःशुल्क स्वास्थ्य बिमा
काठमाडौं । काभ्रेपलाञ्चोक रोशी गाउँपालिकाले एक हजार सात सय ८० परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । साठी वर्षदेखि ७०...
-
पूर्वसर्त पूरा नभएसम्म चिकित्सकहरुले आन्दोलन जारी राख्ने
काठमाडौं । गृह मन्त्रालयले बोलाएको वार्तामा आन्दोलनरत आवासीय चिकित्सक नजाने भएका छन् । आफ्ना पूर्वसर्त पूरा नभएसम्म वार्तामा नबस्ने उनीहरूले...
-
एमसीसीकी सीईओ अल्ब्राइट नेपाल आउँदै
काठमाडौं । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम कार्यान्वयनको चरणमा अघि बढेसँगै मिलेनियम च्यालेन्ज कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस प्याटरसन अल्ब्राइट...
-
राष्ट्रिय मानव अधिकार आयोगद्धारा देशभरका बालसुधार गृहको अनुगमन सुरु
काठमाडौं । बालसुधार गृहहरूमा समस्या देखिएपछि राष्ट्रिय मानव अधिकार आयोगले देशभरका सुधार गृहको अनुगमन सुरु गरेको छ । आयोगले मोरङ्ग,...
-
प्रधानमन्त्री देशबाहिर रहेका बेला गुप्तचर प्रमुख भेट्न दिल्ली जाँदै थापा
काठमाडौं । प्रधानमन्त्री देश बाहीर भएको बेला गुप्तचर विभाग प्रमुखले पनि देश छाड्ने तयारी गरेका छन् । राष्ट्रिय अनुसन्धान विभागका...
-
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम सङ्घको केन्द्रीय अध्यक्ष पदमा अतावुल मन्सुरी निर्वाचित भएका छन् । सङ्घको गए...
-
वार्तामा बोलाउँदा आउनु भएन, राजनीतिक स्वार्थ जोडिएको हुनसक्छ: मेयर बालेन
काठमाडौं । महानगरपालिकाका मेयर बालेन्द्र शाहले आन्दोलनरत अभियन्तालाई संवादमा बोलाउँदा आउन नखोजेको बताएका छन् । आन्दोलनको विषय र समस्याको बारेमा...
-
सामाजिक सञ्जालमा भाइरल होमनाथ न्यौपाने को हुन् ?
काठमाडौं। होमनाथ न्यौपानेलाई शिक्षण पेसाप्रति लगाव छ। सामाजिक सेवामा पनि सक्रिय छन्। विज्ञान विषयमा स्नात्तकोत्तर तह विशिष्ट श्रेणीमा उतिर्ण गरेर...