ताजा समाचार

कोसी सरकारविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा

काठमाडाैँ । कोसी सरकारविरुद्ध परेको रिट निवेदनमाथिको सुनुवाइ ‘हेर्दाहेर्दै’ मा राखिएको छ।

न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदी सम्मिलित पूर्ण इजलासले रिटमाथि बहस बाँकी रहेकाले ‘हेर्दाहेर्दै’मा राखेको सर्वोच्च प्रशासनले जनाएको छ।

आजदेखि रिट निवेदनमाथि पूर्ण इजलासमा सुनुवाइ सुरू भएको हो।

आइतबार कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश मल्ल र सुष्मालता माथेको संयुक्त इजलासले रिट पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो। सोही आदेशबमोजिम रिट सुनुवाइका लागि सर्वोच्चले तीन सदस्यीय पूर्ण इजलास गठन गरेको हो।

कोसीमा मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मत असंवैधानिक भएको दाबी गर्दै एमाले कोसी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यन्त्री हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org