ताजा समाचार

चीन भ्रमणको एजेन्डाबारे प्रधानमन्त्रीसँग छलफल गर्दै संसदीय समिति

काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निकट भविष्यमा हुने चीन भ्रमणको विषयमा छलफल गर्दैछन् ।

यसका लागि समितिले प्रधानमन्त्रीलाई नै समितिमा बोलाएको छ । समितिको बैठक बिहान साढे १० बजे बोलाइएको छ ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागी हुन आगामी असोज दोस्रो साता न्यूयोर्क जाने र उतैबाट चीन भ्रमणमा जाने तयारीमा छन् ।

उनको न्यूयोर्क भ्रमण यही भदौ ६ गते बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org