कर्मचारीको साथबिना सरकारले प्रभावकारी काम गर्न सक्दैन : प्रधानमन्त्री
काठमाडाैँ । प्रधानमन्त्री पुष्पमकल दाहाल प्रचण्डले सरकारको काममा कर्मचारी प्रशासनको साथ र सहयोग आवश्यक रहेको बताएका छन्।
२० औँ निजामती सेवा दिवसका अवसरमा शुक्रबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले मुलुकको राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै सुशासन र सामाजिक न्यायको पक्षमा सरकारको काम गरिहेको बताए।
‘सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित सरकारले काम गरिरहेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारको यो लक्ष्य प्राप्तीको अभियानमा कार्मचारीको साथ र सहयोग महत्वपूर्ण छ।’
संघीय निजामति सेवा विधेयक छिट्टै संसदबाट पारित हुने विश्वास पनि उनले व्यक्त गरे। सबै दलको सहमतिमा चाँडै संसदबाट विधेयक पारित हुने प्रचण्डले बताए।
मुलुकको राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै सुशासन र सामाजिक न्यायको पक्षमा सरकारको काम गरिहेको भन्दै प्रचण्डले यसमा यसमा कर्मचारीको सम्पूर्ण साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए।
सरकारले संविधानको मूल मर्म र भावनालाई आत्मसाथ गरेर काम गरिरहेको दाबी पनि उनले गरे। ‘सरकारको कामले जनताको निरासालाई चिर्दै गएको छ,’ उनले भने।
निजामति सेवा ऐनलाई राजनीतिक परिवर्तनअनुसार परिमार्जन गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे। ‘हामी राजनीतिक रुपमा तटस्थ निजामति सेवाको विकास गर्ने पक्षमा छौँ,’ प्रचण्डले भने, ‘संसदमा प्रस्तुत विधेयकमा त्यस्तो व्यवस्था गरिएको छ।’
उनले संसदमा पेश भएको संघीय निजामित सेवा विधेयकमा हाल कायम ट्रेड युनियन अधिकारको व्यवस्थामा कुनै पनि परिमार्जन नगरिएको बताए।
उनले कर्मचारी प्रशासनलाई प्रभावकारी बनाउन भविष्यमा दण्ड र पुरस्कारको व्यवस्थालाई थप प्रभावकारी बनाउने प्रतिवद्धता पनि व्यक्त गरे।
Comments
अरु समाचार
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...












