थाइल्यान्डसँग पराजित हुँदा नेपालको विश्वकप छनोट खेल्ने सपना फेरि पनि अधुरै
काठमाडाैँ । आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाल सेमिफाइनलमा पराजित भएको छ।
शुक्रबार मलेसियामा भएको छनोटको सेमिफाइनलमा नेपाललाई थाइल्यान्डले ४६ रनले पराजित गरेको हो।
यससँगै नेपालको विश्व छनोट खेल्ने लक्ष्य समाप्त भएको छ। नेपाललाई पराजित गरेसँगै थाइल्यान्ड भने विश्व छनोटमा पुगेको छ। प्रतियोगिताबाट दुई टिम विश्व छनोट पुग्ने प्रावधान छ।
थाइल्यान्डले दिएको १०६ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा ५९ रनमा अलआउट भयो।
नेपालका लागि कविता कुँवरले सबैभन्दा बढी नटआउट १७ रन जोड्दा कविता जोशी र अप्सरी बेगमले १०-१० रन बनाए। नेपालका अरु ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
बलिङमा थाइल्यान्डकी ओनिचा र थिपच्चाले ३-३ विकेट लिए।
त्यसअघि टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा २ विकेटको क्षतिमा १०५ रन जोड्यो।
उसका लागि नन्नापतले नटआउट ५९ रन जोडिन्। उनले ६३ बल खेल्दा ४ चौका प्रहार गरेकी थिइन्। बलिङमा नेपालकी कविता कुँवर र पूजा महतोले एक एक विकेट लिए।
Comments
अरु समाचार
-
अध्यक्ष तिमिल्सिना र अष्ट्रेलियाका सभामुखबिच भेटवार्ता
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र अष्ट्रेलियाका सभामुख मिल्टन डिकबीच आज भेटवार्ता भएको छ । भेटमा अध्यक्ष तिमिल्सिनाले सभामुख...
-
सुरक्षा चुनौतीको रिपोर्टिङ लिन मधेस प्रदेश पुगे गृहमन्त्री श्रेष्ठ
काठमाडाैँ । तराईका जिल्लामा धार्मिक तथा सामाजिक सद्भाव विथोल्ने संकेतहरु देखा परेको भन्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सुरक्षा चुनौतीको...
-
रिगललाई जेलमै राख्नुपर्ने माग राख्दै भारतीले सुरु गरिन् अनशन
काठमाडौं । भारती मानन्धरले आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल (रिगल)लाई सरकारले दिएको कैद मिनाहाविरुद्ध अनशन सुरु गरेकी...
-
एसियाली खेलकुद: महिला कबड्डीबाट नेपाललाई पदक पक्का
काठमाडौं । चीनको हाङझाउमा जारी एसियाली खेलकुदमा नेपाल पदकविहीन रहनबाट जोगिने पक्का भएको छ। बुधबार बिहान नेपालले महिला कबड्डीको सेमिफाइनलमा...
-
विवादका बीच स्थगित भएको बागमती प्रदेशसभा बैठक आज बस्दै
हेटौँडा । विवादका बीच दुई दिनदेखि स्थगित भएको बागमती प्रदेशसभा बैठक आजका लागि बोलाइएको छ । बैठक अपराह्न ४ बजे...
-
देशका अधिकांश भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको जनाएको...
-
बझाङ भूकम्प अपडेटः घाइते हुनेको संख्या १७, एकजना बेपत्ता
कैलाली । बझाङ भूकम्पमा परि घाइते हुनेको संख्या १७ पुगेको छ । लेकमा एकजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले...
-
आजको राशिफलः २०८० असोज १७ गते, बुधवार
मेष: व्यापारमा समेत कम मात्र फाइदा हुनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत गर्नुपर्ला। निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार...
-
कार्तिक ७ गते बिहान ११ः०२ बजे विजयादशमीको टीकाको उत्तम साइत
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक...