संखुवासभा कैदि हत्या प्रकरणमा सुरक्षाा इन्चार्ज सहित १५ जना विरुद्ध कर्तव्य ज्यान मुद्धा दायर
काठमाडौं । संखुवासभा कारागारमा दुई कैदिको हत्या प्रकरणमा कारागारका तत्कालीन सुरक्षाा इन्चार्ज सहित १५ जना विरुद्ध कर्तव्य ज्यान मुद्धा दायर गरिएको छ ।
गत साउन २४ गते जिल्ला कारागार संखुवासभामा कैदीहरु विनोद तोलांगी र आकाश बलामीको हत्या प्रकरणमा प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यलय मार्पmत शुक्रबार सात प्रहरी र आठ कैदी गरी १५ जना विरुद्ध जिल्ला अदालत संखुवासभामा कर्तव्य ज्यान मुद्धा दर्ता गरेको हो ।
जिल्ला अदालत संखुवासभा स्रेस्तेदार रामचन्द्र केसीका अनुसार मुद्दा दायर हुनेमा कारागारका तत्कालीन सुरक्षा इन्चार्ज प्रहरी साहायक निरिक्षक लक्ष्मि चौधरी, हवल्दार राजकुमार श्रेष्ठ तथा प्रहरी जवानहरु सुमन गुरुङ, पवनकुमार महतो र मनिष राई रहेका छन् । त्यस्तै घटनाका बखत सुरक्षा गार्डका रुपमा तैनाथ दमन सिंह राई, सुमन राई विरुद्ध मुद्दा दर्ता गरिएको छ । कैदीबन्दीहरु राम कार्की, अनिस शर्मा कट्टेल ,सचिन राई , सुमन सारुमगर , टीकाराम चौहान , नवीनकुमार राई, इन्द्रध्व्ज घिमिरे, मीनबहादुर तामाङविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ । मुद्दा हेरेर प्रतिवादिलाई अदालतमा उपस्थित गराएर आइतबारदेखि नै बयान लिइने केसीले बताए ।
गत साउन २४ राति बन्दीगृहको सौचालयबाट झ्याल फोडेर भाग्न खोजेको भन्दै आघात र क्रुरतापूर्वक यातना दिएर दुई जना कैदिको हत्या गरिएको थियो । त्यस घटनालाई आन्तरीक रुपमा छामछुम पार्न खोजे पनि प्रहरीको सुरक्षा घेरा भित्र कैदिबन्दीको मृत्यु शंकासपद रहेको भन्दै स्थानिय र आफन्तले विरोध र छानबिनको माग गरेका थिए ।
घटनाको छानबिनका लागि कारागार विभागका उपसचिव कमलप्रसाद पाण्डेको नेतृत्वमा समिति गठन गरि अनुसन्धान अघि बढाईएको थियो । उक्त समितिले कारागार भित्रको सिसिटिभी फुटेज हेरेपछि कैदी र प्रहरीको संलग्नता रहेको प्रतिवेदन दिएको थियो । आफन्तले आन्दोलन गर्दै कारागारका सुरक्षा इन्चार्ज लक्ष्मि चौधरी र कारागार प्रमुख जेलर राजेन्द्र घिमिरेविरुद्ध किटानी जाहेरी दर्ता गरेपछि मात्रै ६ दिनमा आफन्तले शव बुझेका थिए । २५ जना क्षमताको संखुवासभाको कारगारमा अहिले १ सय ३६ जना कैदीबन्दी छन् ।
Comments
अरु समाचार
-
काठमाडौंमा एक युवकलाई अपहरण गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका–२६ गोङ्गबु नयाँबसपार्क स्थित ‘द बर्गर हाउस’ मा एकजना युवकलाई अपहरण तथा बन्धक बनाई राखेको आरोपमा प्रहरीले...
-
नक्कली कागजपत्र बनाई जापान पठाउने १४ एजेन्सी निलम्बित
कठमाडौं । वैदेशिक रोजगारीका लागि नक्कली कागजपत्रबनाई जापान पठाईदिने १४ वटा संस्था निलम्बनमा परेका छन् । वैदेशिक रोजगारी विभागको सोमबार...
-
अवैधरूपमा नदीजन्य पदार्थको उत्खनन गर्नेलाई कृष्णपुर नगरपालिकाले जरिवाना गर्ने
काठमाडौं । नदीजन्य पदार्थको अवैधरूपमा उत्खनन गर्नेलाई कृष्णपुर नगरपालिकाले जरिवाना गर्ने भएको छ । नगरपालिका क्षेत्रभित्रका खोला, नदीबाट गिट्टी, ढुङ्गा,...
-
दोलखामा प्रहरीले ४ किलो सुन बरामद
काठमाडौं । दोलखाको बिगु गाउँपालिका–१,बाट प्रहरीले ४ किलो सुन बरामद गरेको छ । केही दिनअघि पनि दोलखाबाट प्रहरीले ७ किलो...
-
आपराधिक विश्वासघात गरेको आरोपमा अभिनेता अनमोल केसी पक्राउ
काठमाडौं । अभिनेता अनमोल केसीलाई आपराधिक विश्वासघात गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट...
-
दुबई पठाइदिन्छु भनी तीन लाख ठगी गर्ने पक्राउ
काठमाडौं । वैदेशिक रोगारीका लागि दुबई पठाइदिन्छु भनी रु तीन लाख रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक...
-
झापाको दमकमा एक युवकको हत्या
काठमाडौं । झापाको दमकमा एक युवकको हत्या भएको छ । आज बिहान आफ्नै साथीहरूले धारिलो हतियार प्रयोग गरी बीभत्स हत्या...
-
मेडिकल सञ्चालक पक्राउ
काठमाडौं । आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीलाई भर्ना गरी उपचार सेवा प्रदान गरेको अभियोगमा तनहुँको दमौलीस्थित दुई मेडिकल हलका...
-
आइएसबिएन नम्बर वितरणमा अनियमितता भएको आरोप
काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयअन्तर्गतको केन्द्रीय पुस्तकालयमा अन्तरराष्ट्रियस्तरको पुस्तक नम्बर(आइएसबिएन) मा अहिलेसम्म करिब ६० हजार पुस्तक दर्ता भएका छन् ।...