ताजा समाचार

सुन तस्करी प्रकरणः विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग सीआईबीले लियो बयान

काठमाडाैँ । सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ ।

सीआईबीले आइतबार बिहान विध ल्याबका सञ्चालक भण्डारीसँग बयान लिएको हो । सीआईबी स्रोतका अनुसार भण्डारीको चिनियाँ सुन तस्करसँग सम्पर्क देखिएकाले बयान लिइएको हो । भण्डारीसँग बयान लिने क्रम अहिले पनि चलिरहेको सीआईबी स्रोतले जनाएको छ ।

सुन तस्करीका नाइके तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग भण्डारीको अस्वाभाविक मोबाइल सम्पर्क र सन्देश आदान प्रदान गरेको भेटिएपछि सीआईबीले आइतबार बोलाएर बयान लिएको हो । सीआईबीले शनिबार साँझ नै बोलाए पनि भण्डारी आइतबार बिहान साढे ९ बजे मात्रै सीआईबीमा उपस्थित भएका हुन् ।

भण्डारीले भ्रष्टाचार अभियोगमा विशेष अदालतमा पनि मुद्दा खेपिरहेका छन् । सुन तस्करी प्रकरणमा जोडिएका दाबासँग उनको सम्बन्ध देखिएपछि सीआईबीले पहिलेदेखि नै निगरानी बढाएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org