ताजा समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै, नेम्वाङको पार्थिव शरीर राजकीय सम्मानका साथ अस्पतालबाट निकालिने

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ ।

अहिले केही बेरमा बस्ने बैठकले नेम्वाङको पार्थिव शरीर त्रिवि शिक्षण अस्पतालबाट राजकीय सम्मानका साथ निकाल्ने निर्णय गर्नेछ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ केहीबेर अघि अस्पताल पुगेर तत्काल शव पार्टी कार्यालय नलैजान आग्रह गरेको एक नेताले बताए ।

अस्पतालबाट पार्टी कार्यालयसम्म राजकीय सम्मानका लागि नेम्वाङको पार्थिव शरीर लैजाने बुझिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org