डेङ्गुका सङ्क्रमित बढ्दो
काठमाडौं । हेटौँडा उपमहनगरपालिकासहित मकवानपुर जिल्लामा लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोगीको सङ्ख्या दिनदिनै बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत साउन एक गतेदेखि हालसम्म डेङ्गुबाट सङक्रमितको सङ्ख्या चार सय २१ पुगेको छ ।
उक्त कार्यालयका अनुसार जिल्लामा हालसम्म सबैभन्दा बढी सङ्क्रमित हेटौँडा उपमहानगरपालिकामा रहेको र त्यहाँ अहिलेसम्म तीन सय २९ जनामा डेङ्गु फेला परेको छ ।
त्यसैगरी, थाहा नगरपालिकामा एक, मकवानपुरगढी गाउँपालिकामा ११, बागमती गाउँपालिकामा २०, मनहरि गाउँपालिकामा ३३, इन्द्रसरोवर गाउँपालिकामा दुई, भीमफेदी गाउँपालिकामा दस, वकैया गाउँपालिकामा १४ तथा विकट एवम् दुर्गम राक्सिरागङ गाउँपालिकामा एकजना डेङ्गु सङ्क्रमित फेला परेको छ ।
उक्त कार्यालयको विवरणअनुसार सो अवधिमा जिल्लामा एक पुरुषको डेङ्गुबाट मृत्यु भएको थियो । जिल्लामा सोमबारसम्म थप १२ जनामा डेङ्गुको सङ्क्रमण फेला परेकामा हेटौँडा उपमहानगरपालिकामा छ, मकवानपुरगढी गाउँपालिकामा एक, मनहरि गाउँपालिकामा दुई जनाका साथै यहाँ बस्दै आएका अन्य जिल्लाका तीन जनामा पनि सङ्क्रमण फेला परेको थियो
जिल्लामा दैनिक सरदर दसभन्दा बढी व्यक्ति डेङ्गुबाट सङ्क्रमित भइरहेका अनुमान उक्त कार्यालयले गरेको छ ।
Comments
अरु समाचार
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...












