सुन तस्करी प्रकरण : ब्रेक शुमा लुकाएर थप ३०२ किलो सुन तस्करी भएको सीआईबीको निष्कर्ष
काठमाडाैँ । ६० किलो सुन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ३ अर्ब ५० करोड २ लाख बिगो कायम गरेर मुद्दा दायर गर्न सिफारिश गरेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा आइतवार बुझाउने तयारी गरिएको अनुसन्धान प्रतिवेदनमा सीआईबीले उक्त रकम बराबर बिगो कायम गर्नुपर्ने राय पेश गरेको हो ।
यही समूहले ३०२.६२ किलो थप सुन भित्र्याएको पाइएको भन्दै सीआईबीले त्यस आधारमा बिगो कायम गर्नुपर्ने निष्कर्ष पेश गरेको हो ।
पक्राउ परेका ३२ र फरार १८ गरी ५० जनालाई प्रतिवादी बनाउनुपर्ने सीआईबीको निष्कर्ष छ ।
पक्राउ परेकामध्ये २३ नेपाली र ९ जना विदेशी नागरिक रहेको सीआईबीले आइतवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
फरार १८ मध्ये १४ जना विदेशी र ४ नेपाली रहेको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले पत्रकार सम्मेलनमा जानकारी गराइन् ।
विमानस्थल भन्सार पास भइसकेको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागको टोलीले साउन २ गते बरामद गरेको थियो ।
शुरूआति १८ दिन विभागले अनुसन्धान गरेर त्यसपछि सीआईबीलाई अनुसन्धानको जिम्मा लगाइएको थियो ।
अनुसन्धानका क्रममा यही समूहले थप सुन पनि भित्र्याएको पाइएको हो ।
Comments
अरु समाचार
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...












