कीर्तिपुर मैदानको फ्लड लाइटका लागि टेन्डर नै परेन
काठमाडाैँ । नेपालमा रहेको एक मात्र अन्तर्राष्ट्रियस्तरको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि आह्वान गरेको फ्लड लाइटको टेन्डर अहिलेसम्म कुनै पनि कम्पनीले दाबी गरेका छैनन् ।
राष्ट्रिय खेलकुद परिषद्ले दोस्रोपटक टेन्डर खुलाएको छ । कसैले पनि मागअनुसार टेन्डर भरेका छैनन् । परिषद्ले दोस्रोपटक मैदानमा फ्लड लाइट र डिजिटल स्कोर बोर्डका लागि भ्याटबाहेक २८ करोडको टेन्डर आह्वान गरेको छ ।
गत चैतमा त्रिवि क्रिकेट मैदानमा आइसिसी विश्वकप लिग–२ मा युएईविरुद्धको खेल हेर्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालै फ्लड लाइट र डिजिटल स्कोर बोर्ड जडान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए । विश्वकप क्रिकेट लिग–२ को शीर्ष स्थानमा रहँदै छनोट भएको थियो ।
एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको नेपाली टोलीलाई प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीनिवास बालुवाटारमा खेलाडीलाई बधाइ दिएका थिए । उनले मैदानमा देखिएको समस्याको सम्बोधन गर्दै सम्बन्धित निकायलाई आधुनिक फ्लड लाइट र स्कोर बोर्ड जडान गर्न राखेप र खेलकुद मन्त्रालयलाई निर्देशन दिएका थिए । उनले मूलपानी मैदान र चितवनमा रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला बनाउन चासो देखाएका थिए । यद्यपि, मूलपानी र चितवनमा रोकिएको काम सुचारु भएको छैन ।
प्रधानमन्त्रीको निर्देशनलगत्तै राष्ट्रिय खेलकुद परिषद्ले टेन्डर आह्वान गरेको हो । दोस्रोपटकको टेन्डर भर्ने मिति पनि सकिन लागेको परिषद्ले जनाएको छ । ‘प्रधानमन्त्रीज्यूको निर्देशनसँगै टेन्डर आह्वान गरेका थियौँ । पहिलोपटकको टेन्डर परेन, अहिले हामीले दोस्रोपटक पुनः आह्वान गरेका छौँ,’ परिषद्का सदस्यसचिव टंकलाल घिसिङले भने, ‘कुनै न कुनै कम्पनीले दाबी गर्ने विश्वास छ ।’
एकदिवसीय ग्लोबल छनोटमा नेपालले स्थान बनाउन विश्वकप लिग–२ को तेस्रो स्थान रक्षा गरेको थियो । नेपालले त्रिवि मैदानमा खराब प्रकाशपछि संयुक्त अरब इमिरेट्स (युएई)लाई ६ विकेटले हराउँदै ग्लोबल छनोटमा स्थान बनाएको थियो । खराब मौसम र प्रकाशका कारण एसिसी प्रिमियर कपका केही खेल प्रभावित बनेका थिए । त्रिवि मैदान र मूलपानीको माथिल्लो मैदानमा एसिसी प्रिमियर कप भएको थियो ।
Comments
अरु समाचार
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...












