ताजा समाचार

गैह्रीगाउँ सामूहिक हत्या प्रकरण : थप ३ जना प्रहरी नियन्त्रणमा

काठमाडौं। शुक्रबार राति तीनकुनेस्थित गैह्रीगाउँमा भएको एकै परिवारका तीनसहित चार जनाको सामूहिक हत्याको आशंकामा प्रहरीले थप तीन जनलाई नियन्त्रणमा लिएको छ।

यसअघि धनकुटाका २४ वर्षीय दीपेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गरिरहेको छ। हत्या राई घटनाको जानकारी दिन आफै प्रहरीकोमा उपस्थित भएका थिए।

दिव्य सः फर्निचर मिलमा शुक्रबार राति ११:४५ बजे धारिलाे हतियार प्रयाेग गरी हत्या भएकाे अवस्थामा ४ जनाकाे शव फेला परेको थियो।

हत्या हुनेमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा सुमित्रा भुजेल रहेका छन्। यस्तै मोरङका १९ वर्षका नवीन राई छन्। कुमार दिव्य सः फर्निचर मिलका सुरक्षा गार्ड हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org