एसिया कपको उपाधि भिडन्तः भारत र श्रीलंका भिड्दै
काठमाडौं । एसिया कप क्रिकेटको उपाधिका लागि आज (आइतबार) भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ।
एसिया कप क्रिकेटमा बलियो इतिहास रहेका दुई टोली उपाधिका लागि नवौंपटक आमुने–सामुने हुन लागेका हुन्। भारत र श्रीलंका बीचको खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा आइतबार दिउँसो ३:१५ बजे सुरु हुनेछ।
हालसम्म भारतले सबैभन्दा धेरै ७ पटक एसिया कपको उपाधि जितेको छ। भारतपछि श्रीलंकाले ६ पटक एसिया कपको उपाधि जितेको छ।
उपाधिका लागि भारत र श्रीलंकाबीच ८ पटक भिडन्त भएको छ। उपाधिका लागि भएका ८ मध्ये ५ प्रतिस्पर्धामा भारत विजयी भएको छ। श्रीलंकाले भारतलाई हराएर ३ पटक उपाधि जितेको छ। एसिया कपको उपाधिका लागि भारत–श्रीलंका आइतबार नवौं पटक एक–अर्काविरुद्ध मैदान उत्रिँदैछन्।
श्रीलंकाले सन् १९९७, २००४ र २००८ मा भारतलाई हराएर उपाधि जितेको छ। यस्तै, भारतले सन् १९८४, १९८८, १९९०–९१, १९९५ र २०१० मा श्रीलंकालाई हराएर उपाधि जितेको छ।
एसिया कपमा भारत र श्रीलंका दुवै टोलीको इतिहास कमजोर छैन। तर वर्तमान भने भारतको बलियो छ। अहिलेको स्थितिमा पनि दुवै टोली बलियो स्थितिमा नै छन्।
फाइलन खेलको यात्रा तय गर्दासम्म अपराजित रहेको भारत सुपर फोरको अन्तिम खेलमा भने बंगलादेशसँग ६ रनले पराजित भयो। जबकि समूह चरण र सुपर फोरका दुवै खेलमा श्रीलंकाले बंगलादेशलाई हराएको थियो।
लामो ब्याटिङ लाइनअप रहेको श्रीलंकाले भारतले बलिङमा पनि राम्रै चुनौती दिने देखिन्छ। श्रीलंकासँग कुसल परेरा, समवीरा र असालंका जस्ता मध्यक्रमका भरपर्दा ब्याटरहरु छन्। विकेटकिपर कुसल मेन्डिस पनि राम्रा ब्याटर हुन्। यस पटकको एसिया कपमा उनले २९०को आँकडा बनाएका छन्। पछिल्ला ४ खेलमध्ये उनले ३ खेलमा अर्धशतक पार गरेका छन्।
श्रीलंकालाई ‘होम ग्राउण्ड’को अनुभवले पनि फाइदा पुग्नेछ। साथै समर्थकको पनि साथ हुनेछ। फाइनल खेल हुने कोलम्बोको खेल मैदानको ‘विशेषता’ पनि श्रीलंकाको पक्षमा छ। स्पिनरमैत्री पिच रहेको कोलम्बोमा श्रीलंकाका स्पिनरले भारतीय ब्याटरलाई अप्ठ्यारो पार्न सक्छन्। भारतीय ब्याटरले खुलेर खेल्न पाएनन् भने नतिजा श्रीलंकाको पक्षमा पनि जान सक्छ। सुपर फोरको म्याचमा श्रीलंका भारतलाई २१३ मै रोक्न सफल भएको थियो।
उपाधि दाबेदार भारत उच्च मनोवलका साथ फाइनल पुगेको छ। समूह चरणमा पाकिस्तासँग बराबरी खेलको भारतले नेपालसँग १० विकेटको जित निकालेको थियो। सुपर फोरमा श्रीलंका र पाकिस्तानलाई हराएर फाइनलमा स्थान पक्का गरेको थियो। सुपर–फोरको अन्तिम खेलमा बंगलादेशसँग भने ६ रनले पराजित भएको थियो।
भारतका अधिकांश खेलाडीहरु अहिले उच्च फर्ममा रहेका छन्। ब्याटिङको नेतृत्व कप्तान रोहित शर्माले गरिरहेका छन्। कप्तान रोहितले ४ पारीमा औसतमा ६५ रन बनाएका छन्। उनले १९४ रन बनाएका छन् भने पछिल्ला ३ खेलमा अर्धशतक बनाएका छन्।
सुपर फोरमा पाकिस्तानको सामना गर्दा रोहितले शुभमन गिलसँग ओपनिङ गरेका थिए। आक्रामक ५० रन बनाउँदै रोहितले आफू टप फर्ममा फिर्ता आएको संकेत दिएका थिए। सोही खेलमा मध्यक्रमका ब्याटर विराट कोहली र केएल राहुलले शानदार शतक प्रहार गरेका थिए। हार्दिक पाण्ड्या र इशान किसनले पाकिस्तानविरुद्ध पहिलो खेलमै शानदार प्रदर्शन गरेका थिए। ब्याटिङमा भारतको ओपनिङसँगै मध्यक्रम पनि बलियो छ।
भारतको बलिङ पनि कमजोर छैन। श्रीलंकाविरुद्ध कुलदीप यादव भारी पर्ने देखिन्छ। किनकि सुपर फोरको म्याचमा श्रीलंकाका ४ जना महत्त्वपूर्ण ब्याटरलाई कुलदीप एक्लैले आउट गरेका थिए। कुलदीपले जारी एसिया कपका २ खेलमा ९ विकेट हात पारेका छन्। उनको सहयोगका लागि रविन्द्र जडेजा छन्, जसले किफायती बलिङ गर्दै महत्त्वपूर्ण विकेट लिने गरेका छन्।
भारतीय टिममा ‘धारिलो हतियार’ जसप्रित बुमराह छन्। चोटपछि खेलमा फर्किएका उनी अहिले फर्ममा छन्।
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...