विकासशील राष्ट्रलाई नेतृत्वदायी भूमिका प्रदान गर्न परराष्ट्रमन्त्रीको अपिल
वाशिङ्टन डिसी । परराष्ट्रमन्त्री एनपी साउदले जलवायु परिवर्तनले पारेको असरबाट जुध्न विकासशील राष्ट्रलाई नेतृत्वदायी भूमिका प्रदान गर्न विकसित राष्ट्रलाई अपिल गर्नुभएको छ । जैविक ऊर्जाको भविष्यका लागि सांसदको सञ्जाल (पार्लियामेन्टरियन्स नेटवर्क फर अ फोसी फयुल फयुचर) द्वारा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्थितिको गाम्भिर्यतालाई दृष्टिगत गर्दै भावी पिँढीका लागि कार्ययोजना निर्माण गर्न समन्वयत्मक ढङ्गले अगाडि बढनुपर्ने चुनौती देखापरेको बताउनुभएको छ । उहाँले जैविक ऊर्जाको विस्थापनका लागि प्रक्रियागत रणनीतिका बारेमा अतिकम विकसित देशको अध्यक्षको हैसियतले मुख्य वक्ताका रूपमा कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा मन्त्री साउदले विकासशील राष्ट्रले प्रतिबद्धता जनाएअनुसारको ‘ग्रीन क्लाइमेट फन्ड’मा ‘एक सय अर्ब’ उपलब्ध गराउनुपर्ने र सन् २०२५ सम्ममा दोब्बर वृद्धि गर्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीहरूले विकसित देशहरूलाई स्वच्छ ऊर्जा उत्पादन वृद्धि गर्न र जैविक ऊर्जाको खपत कम गर्न सदैव भनिररहेका छौँ । हामी हाम्रा विकास साझेदारहरूलाई अतिकम विकसित राष्ट्रहरूमा प्रविधिको रुपान्तरण गर्दै स्वच्छ तथा नवीकरणीय ऊर्जाको प्रयोगमा वढोत्तरी गराउन अनुरोध गर्दछौँ ।’
जैविक ऊर्जाको भविष्यका लागि सांसदहरूको सञ्जाल (पार्लियामेन्टरियन्स नेटवर्क फर अ फोसी फयुल फयुचर) मा ७० देशका सात सय बढीले हस्ताक्षर गरेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न जैविक ऊर्जालाई विस्थापित गर्ने अभिप्रायले स्थापित संस्था हो ।
Comments
अरु समाचार
-
सुरक्षा चुनौतीको रिपोर्टिङ लिन मधेस प्रदेश पुगे गृहमन्त्री श्रेष्ठ
काठमाडाैँ । तराईका जिल्लामा धार्मिक तथा सामाजिक सद्भाव विथोल्ने संकेतहरु देखा परेको भन्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सुरक्षा चुनौतीको...
-
रिगललाई जेलमै राख्नुपर्ने माग राख्दै भारतीले सुरु गरिन् अनशन
काठमाडौं । भारती मानन्धरले आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल (रिगल)लाई सरकारले दिएको कैद मिनाहाविरुद्ध अनशन सुरु गरेकी...
-
एसियाली खेलकुद: महिला कबड्डीबाट नेपाललाई पदक पक्का
काठमाडौं । चीनको हाङझाउमा जारी एसियाली खेलकुदमा नेपाल पदकविहीन रहनबाट जोगिने पक्का भएको छ। बुधबार बिहान नेपालले महिला कबड्डीको सेमिफाइनलमा...
-
विवादका बीच स्थगित भएको बागमती प्रदेशसभा बैठक आज बस्दै
हेटौँडा । विवादका बीच दुई दिनदेखि स्थगित भएको बागमती प्रदेशसभा बैठक आजका लागि बोलाइएको छ । बैठक अपराह्न ४ बजे...
-
देशका अधिकांश भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको जनाएको...
-
बझाङ भूकम्प अपडेटः घाइते हुनेको संख्या १७, एकजना बेपत्ता
कैलाली । बझाङ भूकम्पमा परि घाइते हुनेको संख्या १७ पुगेको छ । लेकमा एकजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले...
-
आजको राशिफलः २०८० असोज १७ गते, बुधवार
मेष: व्यापारमा समेत कम मात्र फाइदा हुनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत गर्नुपर्ला। निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार...
-
कार्तिक ७ गते बिहान ११ः०२ बजे विजयादशमीको टीकाको उत्तम साइत
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक...
-
विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परे
विराटनगर । विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । विवादास्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले मंगलबार...