चीनबाट फर्के लगत्तै एमाले महासचिव पोखरेलले भेटे पूर्वराष्ट्रपति भण्डारी
काठमाडाैँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीसँग भेटघाट गरेका छन् ।
चीन भ्रमण सकेर नेपाल फर्किएपछि महासचिव पोखरेलले भण्डारीसँग भेट गरेका हुन्।
सोमबार साँझ पूर्वराष्ट्रपति भण्डारीसँगको भेटको तस्बिर सेयर गर्दै महासचिव पोखरेलले भनेका छन्, ‘चीन भ्रमणपश्चात पूर्व राष्ट्रपतिज्यूसँगको भेटघाट।’
चीन भ्रमणपश्चात पूर्व राष्ट्रपतिज्यूसँगको भेटघाट’ भण्डारीसँगको फोटो सार्वजनिक गर्दै पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् ।
पूर्व राष्ट्रपतिका स्वकीय सचिव राजकुमार राईले सोमबार मध्याह्नतिर भेटघाट भएको जानकारी दिए । ‘पूर्व राष्ट्रपतिलाई पछिल्लो केही दिनयता सन्चो थिएन । अलि सन्चो भएपछि सोमबार मध्याह्न एमाले महासचिवसँग भेट गर्नुभएको हो,’ राईले लोकान्तसँग भने, ‘तर दुईजनाबीच मात्रै भेट भएकोले के कुरा भयो भन्नेबारे हामीलाई जानकारी भएन ।’
उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि पोखरेल भ्रमण छोट्याएर नेपाल फर्किएका थिए । नेपाल फर्किएलगत्तै सन्देश दिने हिसाबले पोखरेलले पूर्वराष्ट्रपतिलाई भेटेका हुन् ।
पोखरेलले यस्तो लेखेपछि शुभेच्छुकले एमालेको नेतृत्व परिवर्तन र कम्युनिस्टबीच एकता गर्न चीनले गरेको म्यासेज रिले गर्न भेटघाट गरेको हुन सक्ने टिप्पणी गरेका छन् । कतिपयले अब एमालेको अध्यक्ष केपी ओलीको विकल्प खोज्न पनि सुझाएका छन् ।
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
एमाले महाधिवेशन : चुनावी प्रक्रिया सुरु !
काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको छ । सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको भृकुटीमण्डपमा...
-
एमाले केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङको उम्मेदवारी घोषणा
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । करिब ४ दशक लामो...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
एमाले महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज उम्मेद्वारी दर्ता
काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भइसकेको छ । निर्वाचन समितिले सार्वजनिक...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...
-
एमाले महाधिवेशनः गठन भयो माइन्युट कमिटी, के गर्नेछ काम ?
काठमाडौं । नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ। महाधिवेशनअन्तर्गत...












