ताजा समाचार

शेखर कोइरालाले कार्यशैली सच्याउन सभापति देउवालाई दिए चेतावनी

काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन कांग्रेस नेता डा. शेखर कोइरालाले चेतावनी दिएका छन् । मंगलबार आफूपक्षीय नेताहरूको भेला गरेका शेखरले बुधबार धुम्बाराहीस्थित देउवा निवास पुगेर सभापति देउवालाई कार्यशैली सच्याउन चेतावनी दिएका हुन् ।

उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियारलाई साथमा लिएर धुम्बाराही पुगेका शेखरले आजैबाट कोर्स करेक्सन नगरे आफूहरू आफ्नै तरिकाले अघि बढ्ने चेतावनी दिए। जवाफमा सभापति देउवाले सबैलाई मिलाएर अघि बढ्ने बताएका छन् । सभापतिका निर्णय प्रक्रिया, सरकारको प्रभावकारिता, संसदीय समितिको सभापति चयनलगायतका विषयमा शेखर–गगन समूहको असन्तुष्टि देखिँदै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org