ताजा समाचार

प्रधानमन्त्री प्रचण्डले आज संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दैछन्।

महासभा सुरू भएको चार दिनपछि नेपालका तर्फबाट प्रधानमन्त्री प्रचण्डले आज सम्बोधन गर्ने भएका हुन्।

सम्बोधनका क्रममा नेपालले हासिल गरेका राजनैतिक उपलब्धिहरू बारे अवगत गराउने, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन नेपालले गरिरहेको प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव खोज्ने, दिगो विकास र जलवायु परिवर्तनका बारेमा प्रधानमन्त्री प्रचण्डले नेपालको तर्फबाट धारणा राख्ने यसअघि नै जानकारी गराइसकेका छन्।

त्यस्तै नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासनप्रणालीको अभ्यास, समुन्नत नेपाल निर्माणमा नेपालको प्रयास लगायत विभिन्न विषयमा जानकारी गराउनेछन्।

यसै वर्ष दिगो विकास, जलवायु परिवर्तन दिगो विकासका लक्ष्यहरू हाँसिल गर्न वित्तिय प्रवन्धलगायतका संयुक्त राष्ट्रसंघका मुलुकहरूको साझा चासो र सरोकारका विषयहरूमा पनि धारणा राख्ने प्रधानमन्त्री प्रचण्डले न्युयोर्क जानुअघि संसदलाई जानकारी दिएका थिए।

नेपालले यसपालिको महासभामा अल्पविकसित राष्ट्रहरूको समूहको अध्यक्षको हैसियतले नेपालले ४७ देशको प्रतिनिधित्व गर्द  साझा चासोका विषयहरूमा विभिन्न मञ्चमा धारणा राखेको छ।

महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड भोलि न्युयोर्कबाट चीन जानेछन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org