ताजा समाचार

आन्दोलनरत शिक्षकलाई गगनको आह्वानः “सांसदको विवेकमाथि विश्वास गरेर रचनात्मक ढंगले समाधानका लागि मद्दत गर्नुहोस्”

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनरत शिक्षकलाई विद्यालय बन्द नगर्न आह्वान गरेका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छनः “विद्यालय शिक्षासम्बन्धी विधेयकमा अनेकन् कमजोरीहरू छन्, ती सुधार गर्नैपर्नेछ । संसद्मा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो । हामी सबैसँग घनीभूत छलफल र संवाद गर्नेछौँ,” थापाले फेसबुकमा लेखेका छन्, “आन्दोलनरत शिक्षक, स्थानीय सरकारलगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सबैका जायज माग र चिन्ताको सम्बोधन गर्ने कुरामा प्रतिबद्ध छौँ ।”
उनले शिक्षकहरूलाई आन्दोलनको स्वरूप परिवर्तन गर्न आग्रह गरेका छन् । “अतः सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढंगले समाधानको खोजीका लागि मद्दत गर्न र विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघलगायत सबै पक्षमा हार्दिक आग्रह गर्दछु,” थापाले लेखेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org