ताजा समाचार

विमानस्थलबाट ३२ थान मोबाइलसहित चार भारतीय पक्राउ

काठमाडौं । बाँकेको नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार भारतीय नागरिक पक्राउ परेका छन् ।

जहाजमा काठमाडौं जाने तयारीमा रहेका भारतको मध्यप्रदेशका तिनै जनालाई पक्राउ गरिएको हो । उनीहरुलाई ३२ थान मोबाइलसहित विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी र्दिएका छन् । उनका अनुसार पक्राउ पर्नेमा अमित सोलङ्की, सचिव कुकरेजा, कमल बन्सारी र अर्का अमित रहेका छन् ।

पक्राउ पर्नेले भने सेकेन्ड हेण्ड मोबाइल बनाउन काठमाडौँ जान लागेको जिकिर गरेका छन् । प्रहरीले चोरीको मोबाइल काठमाडौँमा बेच्न लैजान लागेको शङ्कामा उनिहरुलाई पक्राउ गरेको हो । भिभो, अपो, रेडमी, सामसुङ लगायतका कम्पनीको मोबाइल प्रहरीले बरामद गरिएको छ ।

उनीहरु सबैलाई भन्सार पठाउने तयारी गरिएको प्रहरी नायव उपरिक्षक डाँगीले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org