चालु आर्थिक वर्षमा ४.३ प्रतिशतआर्थिक वृद्धि हुने एडिबीको प्रक्षेपण
काठमाडौं । चालु आर्थिक वर्षमा ४.३ प्रतिशतको आर्थिक वृद्धि हुने एडिबीले प्रक्षेपण गरेको छ।
बुधबार नेपाल अपडेट सार्वजनिक गर्दै गत वर्ष गरिएको आयात कडाई र मागमा आएको कमीले अपेक्षाकृत आर्थिक वृद्धि नहुने अनुमान एशियाली विकास बैंक(एडिबी)ले प्रक्ष्येपण गरेको हो ।
आयतमा गरिएको कडाईले सरकारको राजस्व परिचालनमा असर गरेकाले यस पटक सरकारले निर्धारण गरेको भन्दा कम वृद्धिदर रहने प्रक्षेपण गरेको हो ।
सरकारले यस वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको भए पनि ४.३ प्रतिशत मात्रै रहने अनुमान गरेको छ ।
तर, माग बढ्न नसकेमा यो लक्ष्य पूर्ति नहुने उल्लेख गरिएको छ। यद्यपि मागमा सुधार आउने अपेक्षा एडिबीको छ।
मागमा वृद्धि गर्न सरकार तथा राष्ट्र बैंकले नीतिगत अग्रसरताको सुरुवात गरेका छन्। राष्ट्र बैंकले नीतिगत दर केही घटाएको छ। त्यस्तै पुँजीगत खर्च बढाउन सरकारले नयाँ कार्यनीति लिएको छ।
यसै समयमा एशिया प्रशान्त क्षेत्रको आर्थिक वृद्धिदर ४.८ प्रतिशत रहने अनुमान गरिएको छ।
त्यस्तै, चालु आर्थिक वर्षमा मूल्य वृद्धि ६.२ प्रतिशत रहने अनुमान गरिएको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षमा ६.५ प्रतिशतभित्र मूल्य वृद्धिदर नियन्त्रण गर्ने लक्ष्य राखेको छ।
मूल्य वृद्धिदरलाई नियन्त्रण गर्नको लागि विश्वभरका केन्द्रीय बैंकहरूले ब्याजदर बढाउने नीति लिएका छन्। जसको प्रभाव नेपालको मूल्य वृद्धिदरका पर्ने अनुमान गरिएको छ।
Comments
अरु समाचार
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












