ताजा समाचार

अशक्त महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ

काठमाडौं । बझाङमा अशक्त महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ती करणी गरी फरार भएका बालकलाई बगडगाँउ प्रहरी पोष्टबाट खटिएको टोलीले बालुवाटार भन्ने ठाउँबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

शारीरीक रुपमा अशक्त, हिंडडुल गर्न नसक्ने २८ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरत शाहले जानकारी दिएका छन् ।

डीएसपी शाहकाअनुसार पीडित महिलाकी हजुरआमाले करणी गरेको थाहा पाएपछि स्थानीयलाई घटनाबारे जानकारी दिएकी थिइन् ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org