मनराम–एसकाज पत्रकारिता पुरस्कार भोलानाथ गौलीलाई
काठमाडाैँ । यस बर्षको मनराम–एसकाज पत्रकारिता पुरस्कार संखुवासभाका पुराना पत्रकार भोलानाथ गौलीलाई प्रदान गरिएको छ । ।
२०५० सालदेखि राष्ट्रिय समाचार समितिमा संखुवासभाबाट पत्रकारिता थालेका गौलीले पत्रकारिताको माध्यमबाट जिल्लालाई चिनाउन पु¥याएको योगदानको कदर गर्दे पुरस्कार छनौट समितिले गौलीको नाम सिफारीस गरेको हो ।
संखुवासभा निवासी समाजसेवी मनमायाँ र रामबहादुर श्रेष्ठको नाममा मनराम प्रतिष्ठानद्धारा स्थापित पुरस्कारको राषि ५० हजार रुपैया र ताम्रपत्र रहेको छ । संखुवासभा–काठमाडौ जर्नालिष्ट एसोसिएसन -एसकाज_ आयोजक रहेको यो पुरस्कारबाट संखुवासभाबाट सकृय रुपमा कलम चलाउने ८ जना पत्रकार पुरस्कृत भई सक्नुभएको छ ।
संखुवासभाका पुराना पत्रकार गंगा बिष्ट, संखुवासभा पत्रकार महासंघका वर्तमान अध्यक्ष इन्द्र गिरी, नेपाल प्रेस युनियन संखुवासभाका अध्यक्ष दिपेन्द्र शाक्य, खाँदबारी एफएमका स्टेशन मेनेजर कृष्णराज शाक्य, संखुवासभा एक्सप्रेस साप्ताहिकका प्रकाशक सम्पादक नविन गुरुङ, पाख्रिबास सञ्चारगृह प्रा.लि.का मेनेजिङ डाइरेक्टर प्रेम निरौला र यस अघि नेपाल पत्रकार महासंघ संखुवासभाका संस्थापक अध्यक्ष मातृका तिम्सिनाले यो पुरस्कार पाई सक्नु भएको छ । २०८० को मनराम–एसकाज पत्रकारिता पुरस्कार भने भोलानाथ गौलीलाई दिने निर्णय भएको पुरस्कार छनौट समितिका संयोजक हेमन्त गौतमले जानकारी दिनुभयो । समितिको सदस्यमा एसकाजका उपाध्यक्ष उद्धव भट्टराई र कोषाध्यक्ष द्वारीका काफ्ले रहनु भएको छ ।
गौलीले जिल्लाको सामाजिक, आर्थिक, राजनीतिक र विकास क्षेत्रमा कलम चलाएर जिल्लालाई चिनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको थियो । उहाँले झण्डै ११ बर्ष राष्ट्रिय समाचार समितिमा जिल्ला प्रतिनिधिको रुपमा रहेर काम गरी सक्नु भएको छ ।
संखुवासभाको खाँदबारी नगरपालिका–८ पाठक गाउँ निवासी ८२ बर्षिय गौली अहिले सामाजिक काममासमेत सकृय हुनुहुन्छ । समाजलाई परिस्कृत गर्न जागरुक गराउन र बाटो देखाउन सञ्चारजगतको भूमिका महत्वपूर्ण हुने उहाँको भनाई छ । समाजमा सत्य तथ्य समाचार जनतामाझ पु¥याउनु पत्रकारको कत्व्र्य भएको र त्यसबाट आफू कहिल्यै बिचलित नभएको गौलीको भनाई छ । अत्यन्त कठिन परिस्थितिमा पत्रकारिता गर्नुको बेग्लै महत्व रहेको भन्दै जनतालाई सत्य तथ्य सूचना दिनु अहिलेको पत्रकारिताको धर्म भएको उहाँको भनाई छ ।
साहित्य सृजना र पुस्तक प्रकाशनमा पनि गौलीको दक्खल छ । नौ बर्ष अघि स्थापना भएको यो पुरस्कारको राषि २५ हजार रुपैयाबाट बढाएर गत बर्षदेखि ५० हजार रुपयाँ पु¥याईएको हो । प्रतिष्ठीत पुरस्कार भएकाले यसको राषि आवश्यकता अनुसार बढाउदै लगिने मनराम प्रतिष्ठानका अध्यक्ष सुजनकुमार श्रेष्ठले बताउनुभयो । पुरस्कारले जिल्लाको सञ्चारकर्मीलाई पत्रकारिताको माध्यमबाट कलम चलाउन थप उर्जा मात्र दिएको छैन यस्ले जिल्लालाई चिनाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
Comments
अरु समाचार
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...












