ताजा समाचार

पूर्वमन्त्री रामकुमार श्रेष्ठ गैरकानूनी सम्पत्ति आर्जनकाे मुद्दामा दोषी ठहर

काठमाडाैँ । पूर्वमन्त्री रामकुमार श्रेष्ठ गैरकानूनी सम्पत्तिआर्जन मुद्दामा दोषी ठहर भएका छन् ।

सोमवार विशेष अदालतका न्यायधीश यमुना भट्टराई र खुशीप्रसाद थारूको इजलासले श्रेष्ठलाई दोषी ठहर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठविरुद्ध ४ करोड ४५ लाख २७ हजार ६ सय ६६ रुपैयाँ ९८ पैसा बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियारले श्रेष्ठकी श्रीमती र छोरासमेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।
श्रेष्ठ पूर्व पर्यटन, शान्ति तथा खेलकुदमन्त्री हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org