एसियन गेम्सका लागि सन्दीप लामिछाने आज चीन जाँदै
काठमाडाैँ । एसियाली खेलकुद (एसियन गेम्म) मा सहभागिताका लागि क्रिकेटर सन्दीप लामिछाने आज (मंगलबार) चीन जाने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र पूर्वकप्तासमेत रहेका सचिव पारस खड्कासँगको छलफलपछि उनी आज दिउँसो चीनको हाङजाओ जान तयार भएका हुन्।
नेपाली राष्ट्रिय क्रिकेट टोली भने आइतबार नै चीन गइसकेको छ। बलात्कार अभियोग लागेका लामिछाने भने त्यही दिन मुद्दाको पेसी परेकाले टोलीसँगै जान पाएनन्।
तर न्यायाधीश नभएको भन्दै काठमाडौं जिल्ला अदालतले मुद्दाको सुनुवाइ स्थगन गरेपछि सन्दीप चीन जाने बाटो खुलेको हो।
क्यानले हिजै (सोमबार) का लागि चीन जाने टिकट काटेको भए पनि अध्यक्ष चन्द र सचिव खड्कासँग सन्दीपको सोमबार राति ९ बजे छलफल भएकाले चीन प्रस्थान आजका लागि सारिएको सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए।
‘आज १२ बजेर २० मिनेटमा एयर चाइनाको उडानबाट उहाँ चीन जानुहुन्छ’, घिमिरेले भने।
उनका अनुसार क्यानका अध्यक्ष चन्द र सचिव खड्काले अन्तर्राष्ट्रिय खेलमा उनको पनि योगदान आवश्यक भएको भनेर सम्झाएपछि सन्दीप चीन जान तयार भएका हुन्।
‘उहाँहरूले नेपाली क्रिकेटलाई माथि उठाउने भावी योजनाहरू सुनाउँदै त्यसमा सन्दीपको योगदान महत्त्वपूर्ण हुने बताउनुभएछ र यो अन्तर्राष्ट्रिय खेल भएकाले जसरी पनि जान आग्रह गर्नुभएछ’, उनले भने।
त्यस क्रममा क्यानका अध्यक्ष चन्द र सचिव खड्काले अदालतबाट राम्रै फैसला आउने शुभेच्छासमेत दिएर सन्दीपको हौसला बढाएका थिए।
काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्धको मुद्दा फैसलाका लागि भनेर पटक पटक पेसी तोके पन विभिन्न कारण सुनुवाइ स्थगन हुने क्रम जारी छ।
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...