ताजा समाचार

प्रतितोला ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ ।

बुधबार छापावाल सुनको मूल्य एक लाख ११ हजार रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ । मंगलबार एक लाख ११ हजार ८ सय रुपैयाँमा छापावाल सुन र एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बुधबार १४ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य घटेर आज १३ सय ८५ रुपैयाँ खरिद बिक्री भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org