ताजा समाचार

राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको मृत्यु

काठमाडौं । राष्ट्रपतिको कार्यालयमा कार्यरत सहसचिव शेरजङ्ग कार्कीको निधन भएको छ।

शुक्रबार बिहान राष्ट्रपति कार्यालय कानुन महाशाखाका सहसचिव कार्कीको निधन भएको हो।

उनलाई शुक्रबार बिहान सवा ७ बजे नर्भिक अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको थियो अस्तालले जनाएकाे छ। अस्पतालका  प्रमुख कार्यकारी अधिकृत अजय मिश्रका अनुसार अस्पताल ल्याउँदा सहसचिव कार्कीको मृत्यु भइसकेको थियो।  अस्पताल ल्याउनेबित्तिकै उनलाई मृत घोषणा गरिएको थियो।

५२ वर्षीय कार्कीका श्रीमती, एक छोरा र एक छोरी  छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org