आज विश्व मुटु दिवस: मुटु रोगका कारण र बच्ने उपाय
काठमाडौं ।आज विश्व मुटु दिवस। हरेक वर्षको सेप्टेम्बर २९ मा विश्वभर मुटु दिवस मनाइँदै आइएको छ। नेपाललगायत विश्वका धेरै देशमा मुटु रोगीको संख्या बढ्दो क्रममा रहेको छ। अव्यवस्थित जीवनशैली, अस्वस्थ खानपान, मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र धूम्रपानका कारण युवामा हृदयघातको जोखिम बढिरहेको चिकित्सकको भनाइ छ।
विश्व मुटु महासंघका अनुसार विश्वभर बर्सेनि मुटुको रोगबाट दुई करोड मानिस मर्छन्। यीमध्ये ८० प्रतिशतभन्दा बढी विकासोन्मुख र अविकसित राष्ट्रका छन्।
विश्व स्वास्थ्य संगठनले भविष्यवाणी गरेअनुसार, सन् २०३० सम्ममा मुटुरोगबाट विश्वभर मर्नेहरूको संख्या बर्सेनि दुई करोड ५० लाख पुग्ने छ। र, कोरोनरी मुटुको रोग (हृदयघात) संसार कै हत्यारा नम्बर १ रोगका रूपमा स्थापित हुनेछ डरलाग्दो भविष्यवाणी समेत गरेका छन्। सन् २०३० सम्ममा नेपाल लगायत विकासोन्मुख राष्ट्रहरूमा हृदयघात भएर मर्नेको संख्या ३५ प्रतिशतभन्दा बढी पुग्ने विज्ञहरुको आकंलन छ।
हाल नेपालमा २५ प्रतिशत अर्थात करिब ७५ लाख जनता कुनै न कुनै प्रकारका मुटुरोगबाट पीडित भएको तत्थ्यले पुष्टि गर्छ। नेपालमा बीस वर्षयता मुटु रोगीहरूको संख्या पाँच गुणाले बृद्धि भएको छ।
नेपालमा विद्यमान मुटुरोगमध्ये कोरोनरी मुटुको रोग, बाथ मुटुको रोग, जन्मजात मुटुका रोगहरू र उच्च रक्तचाप प्रमुख समस्याका रूपमा देखिएका छन्। मुटुका रोगहरूमध्ये कोरोनरी र उच्च रक्तचाप धेरै छिटो गतिमा बढ्दै गइरहेको देखिन्छ। यसको प्रमुख कारणका रूपमा मानिसहरूको जीवनशैलीमा आएको अस्वस्थकर परिवर्तनलाई औंल्याइएको छ।
दिननुदिन बढ्दै गएको मानिसहरूको अस्वस्थकर जीवनशैली, मानसिक तनाव बढेको छ, शारीरीक व्यायाम नगर्नु,मोटपना, स्वस्थ्यमा हेलचक्राई,धूमपान, मद्यपान, खानामा गुलियो र चिल्लो प्रयोग, सागसब्जी र फलफूल कम खाने बानी, तयारी खाना (फास्टफुड) धेरै खाने बानीले मानिसको मुटु सम्बन्धी समस्या भएका रोग बढ्दै गएको देखिन्छ ।
नेपाल एनसिडी अलायन्सका अनुसार नेपालमा करिब ३० प्रतिशत वयस्क जनतालाई उच्च रक्तचाप छ। त्यस्तै २५ प्रतिशतलाई कालेस्टेरोल, १० प्रतिशतलाई मधुमेह र एक प्रतिशत बालबालिकालाई बाथ मुटुरोग रहेको छ । झनै डरलाग्दो विषयत कहाँ छ भने करीब ९० प्रतिशत नेपालीले मुटुमैत्री खाना खाँदैनन्। करिब ५० प्रतिशत सहरिया नेपालीले आवश्यक व्यायाम गर्दैनन्। ४० प्रतिशतले चुरोट, सूर्ति सेवन गर्छन्। धेरै नेपालीलाई मानसिक तनाव छ। जताततै वातावरणीय प्रदूषण छ। शुद्ध खानेपानीको अभाव छ। तरकारी र फलफूलहरू विषादीले भरिएका छन्। मानिसको जीवन कष्टकर भएको छ।
आज विश्वमा ३० करोडभन्दा बढी मानिसहरू मोटोपनको शिकार भएका छन्। पाँच वर्षमुनिका दुई करोड २० लाख बालबालिका आवश्यकभन्दा बढी शारीरिक तौल भएका छन्। मोटोपन मुटुका लागि खतरा हो। नेपालका सहर बजारमा बालबालिकालाई धेरै खुवाउने, त्यसमाथि अस्वस्थकर खाना खुवाउने र मोटोघाटो बनाउने प्रवृत्ति बढ्दो छ। २० प्रतिशत बालबालिकामा मोटोपना भएको देखिन्छ।
मोटोपना जस्तै धूमपान, मद्यपान, बढी गुलियो, चिल्लो र बोसोयुक्त खानपान गर्ने प्रवृत्ति धेरै बढेको छ। जसका कारण हृदयघात, उच्चरक्तचाप, मधुमेह, उच्च रक्त कोलेस्टेरोल आदिको समस्या पनि अकासिँदै गइरहेको छ।
यसरी बढ्दै गइरहेको मुटुरोगको समस्या रोकथाम गर्न जनचेतना जगाउनुका साथै नीति निर्माताहरूलाई मुटुरोग रोकथाम तथा नियन्त्रणका लागि आवश्यक नीति तथा कार्यक्रमहरू बनाउन घचघच्याउन अति जरूरी देखिन्छ। यसै उद्देश्यले विश्व मुटु महासंघले विश्व मटु दिवस मनाउने चलन चलाएको हो।
धेरै मानिसहरूलाई आफ्नो मुटु र स्वास्थ्यमा रहेको खतराबारे जानकारी हुँदैन। किनकि उनीहरू नियमित स्वास्थ्य परीक्षण गराउँदैनन्। यस्तै प्रकारले धेरैलाई मुटुरोगका कारक तत्वहरू (जोखिम) बाट आफू प्रभावित भए वा नभएको बारे जानकारी राख्नुपर्छ र यसबाट मुक्त हुने उपायहरू पनि समयमै गर्नुपर्छ भन्नेबारे चेतना छैन। यो चेतना अभावका कारण बहुसंख्यक मानिसहरूको हृदयघात र मास्तिष्कघातबाट मृत्यु भइराखेको छ। प्रत्येक मानिसले आफ्नो मुटु कति खतरामा छ, त्यो थाहा पाइराख्नुपर्छ। र, यसबाट बच्ने उपाय समयमै गर्नुपर्छ।
मुटुका लागि जोखिम तत्वहरू उच्च रक्तचाप, मधुमेह, उच्च रक्त कोलेस्टेरोल, मोटोपन, धूमपान गर्ने बानी, वंशानुगत, व्यायामको कमी, मानसिक तनाव आदि प्रमुख हुन्। यदि कसैलाई यी समस्याहरू छन् भने तुरून्त यसबाट छुटकारा पाउन आवश्यक उपचार र सावधानी अपनाउनुपर्छ भन्ने वैज्ञानिकहरूको सल्लाह छ । अन्यथा हृदयघात र मस्तिष्कघात भएर आकस्मिक मुत्यु हुन सक्छ।
मुटुका धेरै रोगहरू जीवनशैलीसँग सम्बन्धित हुन्। अध्ययन तथा अनुसन्धानले के देखाएका छन् भने , जीवनशैली परिवर्तनबाट मात्र पनि ९० प्रतिशतभन्दा बढी मुटुरोगका कारणहरूमाथि नियन्त्रण गर्न सकिन्छ। यस कारण मुटुरोग नियन्त्रण कार्य जीवनशैली स्वस्थकर बनाउने तर्फ लक्षित हुनुपर्छ। सबै सरकारी तथा गैरसरकारी संघ संस्थाहरूले मुटुमैत्री वातावरण सिर्जना गर्न सहयोग गर्नुपर्छ र विश्वव्यापी अभियानमा सबै जानुपर्छ।
मुटुरोगबाट बच्ने उपायहरु
– स्वस्थ भोजन सेवन गर्ने,
– अनावश्यक तनाव नलिने,
– समयमै सुत्ने,
– प्रशस्त फलफूल खाने ,
– हरियो सागसब्जी प्रसस्त मात्रामा खाने,
– चिनी, नुन र चिल्लो एकदम कम खाने,
– नियमित शारीरिक व्यायाम गर्ने,
– धूमपान र मध्यपान नगर्ने,
– नियमित स्वास्थ्य परिक्षण गर्ने,आदि।
Comments
अरु समाचार
-
त्रिविविसम्बन्धी नयाँ ऐन ल्याउनुपर्नेमा जोड
काठमाडौं । राष्ट्रियसभा, सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्यहरूले त्रिभुवन विश्वविद्यालयसम्बन्धी नयाँ ऐन तर्जुमा गर्नुपर्नेमा जोड दिएका छन् ।...
-
एकताबद्ध भएर स्ववियु निर्वाचन जित्न अनेस्ववियुलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्ववियु निर्वाचनमा कसैको वैशाखीविना एकताबद्ध भएर मैदानमा उत्रिएर विजय...
-
शैक्षिक क्षेत्रलाई दलीय प्रभावबाट मुक्त गर्ने प्रयासमा छु : मन्त्री भट्टराई
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रलाई राजनीतिक दलको प्रभावबाट मुक्त गर्ने प्रयासमा आफू लागेको बताएकी छन्...
-
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
काठमाडौं । एक सातादेखि निरन्तररुपमा शीतलहर चलेपछि कञ्चनपुरका स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि...
-
सांसदको भूमिका दल सापेक्ष नै हुन्छ : नेता भट्टराई
काठमाडौं, संसदमा विचाराधीन विधेयकमा सहमति खोज्ने भन्दै सत्तारूढ दलको संयन्त्रले राजनैतिक संशय पैदा गरेको छ। संघीय संसदका सदस्यहरूले विधेयकहरूमा खुला...
-
फागुन १५ मा स्ववियु निर्वाचन, त्रिविले थाल्यो तयारी
काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्ववियु परिषद्को बैठकले फागुन १५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी थालेको छ। त्रिविका...
-
त्रिविको ५० औँ दीक्षान्त समारोहमा १४ हजार ३ सय विद्यार्थी सहभागी हुने
काठमाडौं । नेपालको सबैभन्दा पुरानो र ठुलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको ५० औँ दीक्षान्त समारोहमा १४ हजार ३०० विद्यार्थी सहभागी हुने...
-
त्रिवि कार्यकारी परिषदद्वारा ८ डीन सहित ३ निर्देशक नियुक्त
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत ८ डीन र ३ निर्देशक नियुक्त भएका छन् । शनिबार त्रिविको कार्यकारी परिषद्ले डीन...
-
त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकः त्रिविलाई साँच्चिकै मेरिटोक्रेसीका आधारमा चलाउन कुलपतिको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साँच्चैको मेरिटोक्रेसीका आधारमा र विश्वविद्यालय चल्न सक्ने गरी रिक्त डीन र क्याम्पस प्रमुखहरुको नियुक्ति...