एमाले बागमती अधिवेशन: ११ बजेदेखि हुने भनिएको मतदान अझै सुरु भएन
काटमाडाैँ । पाँच दिनदेखि राजधानी काठमाडौंमा जारी नेकपा एमाले बाग्मती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि हुने भनिएको मतदान अझै शुरू भएको छैन ।
पछिल्लो पटक संशोधित निर्वाचन कार्यतालिका अनुसार शुक्रबार बिहान साढे ११ बजेबाट मतदान प्रक्रिया शुरू हुनु पर्ने थियो । तर, १२ बजिसक्दा पनि निर्वाचन शुरू भएको छैन ।
निर्वाचन अधिकृत डिल्ली मैनालीले तयारी पूरा भएको जानकारी दिए । केही बेरमा मतदान शुरू हुने उनले बताए । मतदातालाई लाइन लगाउने तयारी गरिएको उनले बताए ।
यस्तै अबको एक घण्टामा मतदान शुरू हुने अध्यक्षका उम्मेदवार कृष्ण दाहालले बताए ।
सहमतिको प्रयासका लागि भन्दै मतदान पर पर धकेलिएको हो । तर, अध्यक्षका आकांक्षीले नेताको निर्देशन नमानेपछि नेतृत्व चयन चुनावी प्रक्रियामा गएको हो ।
तीनजना प्रत्यासी पछि हटेपछि अध्यक्षका लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल चुनावी मैदानमा छन् ।
अधिवेशन लम्बाइएपछि कार्यकर्ताले भने आक्रोश व्यक्त गरेका छन् । ‘२ दिनमा सम्पन्न गर्ने भनिएको प्रदेश अधिवेशन एक साता लम्बिँदा बाहिर राम्रो सन्देश गएको छैन, नेतृत्वको कार्यशैलीप्रति कार्यकर्ता आक्रोशित बनेका छन्,’ एक अधिवेशन प्रतिनिधिले लोकान्तरसँग भने ।
यसअघि बिहान ८ बजे देखि नै मतदान गर्ने भन्दै कार्यकर्ता मतदान स्थल च्यासल पुगेका थिए । एमाले केन्द्रीय च्यासलमा विद्युतीय मेसिनबाट मतदान गर्ने निर्वाचन समितिको तयारी छ ।
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
एमाले महाधिवेशन : चुनावी प्रक्रिया सुरु !
काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको छ । सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको भृकुटीमण्डपमा...
-
एमाले केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङको उम्मेदवारी घोषणा
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । करिब ४ दशक लामो...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
एमाले महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज उम्मेद्वारी दर्ता
काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भइसकेको छ । निर्वाचन समितिले सार्वजनिक...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...
-
एमाले महाधिवेशनः गठन भयो माइन्युट कमिटी, के गर्नेछ काम ?
काठमाडौं । नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ। महाधिवेशनअन्तर्गत...












