ताजा समाचार

एमाले बागमती अधिवेशन: नेतृत्व चयनका लागि मतदान सुरु

अध्यक्षमा ढुंगेल र दाहालबीच प्रतिस्पर्धा

काठमाडौँ । नेकपा (एमाले) बागमती प्रदेशमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

पदाधिकारीसहित सबै पदका लागि निर्वाचन प्रक्रिया प्रारम्भ भएको निर्वाचन समितिले जनाएको छ । पटक पटक निर्वाचन कार्य तालिका फेरबदलपछि मध्यान्ह १२ बजेबाट मतदान सुरु भएको हो ।

अध्यक्ष पदका लागि रामेछापका कैलाश ढुङ्गेल र मकवानपुरका कृष्णप्रसाद दाहाल प्रतिस्पर्धामा छन् । सचिवमा नवराज सिलवाल र हस्त पण्डित रहेका छन् ।

यस्तै चितवन, सिन्धुपाल्चोक,काभ्रे, रसुवामा सर्वसम्मत भएको र ९ जिल्लामा आंशिक निर्विरोध भएको नेता शेरबहादुर तामाङले जानकारी दिएका छन् । एक अध्यक्ष, उपाध्यक्ष १, सचिव १, २ उपसचिवसमेत ७५ जना सदस्यका लागि निर्वाचन हुँदैछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org