व्यावसायिक फार्मका लागि चार करोड अनुदान प्रदान
काठमाडौं । तनहुँका विभिन्न व्यावसायिक फार्मका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनामार्फत् अनुदान प्रदान गरेको छ । पशुपालनमा कृषकको आकर्षण बढाउन उक्त आयोजनामार्फत् स्थानीय १३ व्यावसायिक फार्मलाई अनुदान दिइएको हो ।
आयोजनामार्फत १३ व्यावसायिक फार्मले रु चार करोड ५२ लाख चार हजार पाँच सय १६ अनुदान पाएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । पशुपालन व्यवसाय गरिरहेका कृषकलाई त्यसतर्फ आकर्षित गराउन साझेदारी कार्यक्रमअन्तर्गत अनुदान प्रदान गरिएको केन्द्रका नायब पशु स्वास्थ्य प्राविधिक रुद्रसिं ठकुरीले जानकारी दिनुभयो ।
तेह्र व्यावसायिक फार्ममा कृषकले रु चार करोड ५६ लाख ५५ हजार पाँच सय ४५ लगानी गरेको सो केन्द्रले जनाएको छ । अनुदान र निजीसमेत गरी १३ व्यावसायिक फार्ममा रु नौ करोड आठ लाख ६० हजार ६१ लगानी भएको थियो ।
शुक्लागण्डकी नगरपालिका–३ स्थित डायमण्ड अर्गानिक कृषि फार्मलाई रु २४ लाख चार हजार चार सय २२, शुक्लागण्डकी नगरपालिका–६ स्थित जनजागृती कृषि फार्मलाई रु २० लाख १३ हजार तीन सय १२, भिमाद नगरपालिका–९ स्थित दाजुभाई एकीकृत कृषि फार्मलाई रु २४ लाख ९९ हजार नौ सय ९७, व्यास नगरपालिका–२ स्थित गङ्गादेवी बाख्रा फार्मलाई रु २० लाख ४९ हजार नौ सय ९७, व्यास नगरपालिका–६ स्थित अंशुमा बाख्रा फार्मलाई रु २२ लाख ७२ हजार छ सय ८८, बन्दीपुर गाउँपालिका–५ स्थित कुमालटारी कृषि तथा पशु फार्मलाई रु २७ लाख ५२ हजार नौ सय सात, भानु नगरपालिका–३ स्थित कार्की कृषि फार्मलाई रु ११ लाख ७१ हजार दुई सय ५३, भिमाद नगरपालिका–१ स्थित डुम्रीबेसी पशु फार्मलाई रु ३६ लाख अनुदान वितरण गरिएको थियो ।
त्यस्तै व्यास नगरपालिका–१३ स्थित सापकोटा गाई फार्मलाई रु १९ लाख ४९ हजार, शुक्लागण्डकी नगरपालिका–१० स्थित वैशाखेघाट लाइभस्टक प्रालिलाई रु ७५ लाख ३३ हजार ६७, शुक्लागण्डकी नगरपालिका–३ स्थित एलेस कृषि तथा पशु फार्मलाई रु २९ लाख ६२ हजार दुई सय ५०, शुक्लागण्डकी नगरपालिका–११ स्थित आरबिएम कृषि फार्मलाई रु ९४ लाख ९६ हजार छ सय चार र व्यास नगरपालिका–१० स्थित दाजुभाइ गाई फर्मलाई रु ४५ लाख अनुदान वितरण गरिएको थियो ।
त्यस्तै जिल्लाका सात सहकारीलाई परियोजनामार्फत् रु दुई करोड ८३ लाख एक हजार नौ सय ४४ अनुदान वितरण गरिएको थियो । ती सहकारीमा रु आठ करोड ८८ लाख ८४ हजार नौ सय १३ लगानी गरिएको थियोे ।
व्यास नगरपालिकास्थित तनहुँ जिल्ला दुग्ध उत्पादक सङ्घलाई दाना उद्योगका लागि अनुदान दिइएको थियो । त्यस्तै, चिन्तुटार दुग्ध उत्पादक सहकारी संस्थालाई दुग्ध उत्पादनका लागि, आँबुखैरेनी गाउँपालिकास्थित छिम्केश्वरी बाख्रापालन समूहलाई मासु उत्पादनका लागि, मस्र्याङ्दी बहुउद्धेश्यीय सामुदायिक सहकारी संस्थालाई मासु उत्पादनका लागि, म्याग्दे गाउँपालिकास्थित उज्यालो बहुउद्धेश्यीय सहकारी संस्थालाई मासु उत्पादनका लागि, शुक्लागण्डकी नगरपालिकास्थित शुक्ला कृषि पर्यटन सहकारी संस्थालाई दुग्ध प्रशोधनका लागि र भिमाद नगरपालिकास्थित सूर्योदय कृषि समूहलाई मासु उत्पादनका लागि अनुदान दिइएको थियो ।
Comments
अरु समाचार
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












