संगठन बलियो बनाउन विनोद ढकालको नेतृत्व अपरिहार्य : कोशी प्रदेश प्रतिनिधि
काठमाडौं । नेकपा एमाले कोशी प्रदेशमा विनोद ढकालको नेतृत्व अपरिहार्य भएको प्रतिनिधिहरुले बताएका छन् । आज हुने निर्वाचनमा प्रदेश अध्यक्षका लागि युवा नेता विनोद ढकाल र घनश्याम खतिवडाबीच प्रतिस्पर्धा हुँदैछ ।
अध्यक्षका उम्मेद्वार ढकाललाई प्रतिनिधिहरुले अत्यधिक रुचाएका छन् भने अर्का उम्मेद्वार खतिवडालाई एमालेका दोस्रो तहका नेताहरुले काँध थापेका छन् । खतिवडा पनि एमालेका पूराना नेता हुन् ।दोस्रो तहका नेताहरुले आफूले भनेको जे पनि खतिवडालाई अह्राउन सकिन्छ भनेर काँध थापेका हुन् । खतिवडालाई काँध थाप्ने काम स्थायी कमिटी सदस्य भानुभक्त ढकालले गरेका छन् ।
खतिवडालाई प्रदेश अध्यक्ष बनाउन सकिएमा ८४ सालको चुनावमा खतिवडाले लड्दै आएको मोरङ १ मा टिकट पाउन सकिन्छ भन्ने स्थायी कमिटी सदस्य ढकाललाई लोभ जागेको छ । त्यही भएर उनी खतिवडालाई जिताउन कम्मर कसेर लागेका छन् । स्थायी कमिटी ढकालले मोरङ ३ बाट २०७४ मा जित हासिल गरेका थिए भने २०७९ मा बुरीतरफले हारेका थिए । भविष्यमा ३ नम्बर क्षेत्रबाट कहिल्यै जित्न नसक्ने देखेर राजनीतिक तिकडम गर्दै मोरङ १ तिर सरेका हुन् ।
पूराना तथा नयाँ कम्युनिष्ट कार्यकर्ताले रुचाइएका नेतामा पनि ढकाल पर्दछन् । दोस्रो पुस्ताका नेतालाई मन नपर्ने तर आफूहरु जस्ता कार्यकर्तालाई मन पर्ने नेता अध्यक्षका उम्मेद्वार विनोद ढकाल भएको पूराना कम्युनिष्ट नेता टंकप्रसाद निरौलाको भनाइ छ । ट्याम्पो चालक खोज्ने कि मर्सिडिज हाँक्न सक्ने चालक खोज्ने त्यो कार्यकर्ताले सोच्नुपर्ने उनी बताउँछन् । अध्यक्षका उम्मेद्वार ढकाल मर्सिडिजका चालक झै आधुनिक चलायमान नेता भएको उनले जनाए । निरौला भन्छन्,‘एमाले कोशी प्रदेशलाई नयाँ मोडेलमा चलाउने हो भने ढकालजस्ता नेता चाहिन्छ, पूरानो मोडेलमा चलाउने हो पूराना नेता चाहिन्छ ।’
दुईपटक एमाले मोरङको अध्यक्ष भइसकेका ढकालमा अब्बल नेतृत्व क्षमता भएको अगुवा कार्यकर्ताहरुले दाबी गरेका छन् । यस्तै ढकालले पार्टी विभाजन भएका बेला नेता तथा कार्यकर्तालाई ढलपल हुन नदिइ पार्टीको बचाउ गर्न महत्वपूर्ण भूमिका खेलेको कार्यकर्ताको मूल्यांकन छ । ढकालले नेतृत्व नलिए कोशी प्रदेशका १४ जिल्लाको संगठन कमजोर हुने देखिएको छ । जनताले पनि उनलाई नेतृत्व गर्नसक्ने अब्बल नेताको रुपमा लिने गरेका छन् ।
ढकाल संगठन विस्तार गर्न, पार्टीका लागि आवश्यक पर्ने आर्थिक श्रोत जुटाउन, कार्यकर्तालाई रिझाएर राख्न र जनताको मन जित्ने सफल नेताका रुपमा चिनिन्छन् । ढकालले कोशी प्रदेशको नेतृत्व नलिए आगामी निर्वाचनहरुमा एमालेले ठूलो क्षति बेहोर्ने कार्यकर्ताले आकलन गरेका छन् ।
Comments
अरु समाचार
-
साहसिक पर्यटन ‘ट्रेकिङ’: बढ्दो आकर्षण, केही चुनौती
काठमाडौँ । विश्वमै ट्रेकिङ (पदयात्रा) का लागि आकर्षक गन्तव्यमा पर्ने नेपालमा पछिल्लो समय सम्भावना धेरै देखिएको छ । यतिखेर ट्रेकिङमा...
-
आजको राशिफल: २०८० मंसिर २२ गते शुक्रबार
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कूटनीतिक नियोगको सहयोग मिल्ला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ...
-
विराटनगरमा पत्रकार देवानमाथि आक्रमण गर्नेलाई कारबाही गर्न पत्रकार संगठनहरुको माग
विराटनगर । पत्रकार प्रेम देवानमाथि विराटनगरमा एक समूहले आक्रमण गरेको छ । बिहीबार दिउँसो विराटनगर महानगरपालिकामा बाहिर अज्ञात समूहले उनलाई...
-
एनसेल शेयर खरिदबिक्री प्रकरणः पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन
काठमाडौं । सरकारले एनसेलको शेयर खरिदबिक्री चलखेलबारे अध्ययन गर्न उच्चस्तरीय समिति बनाएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक...
-
एमालेको “मध्यपहाडी सङ्कल्प यात्रा” आज पर्वतमा
काठमाडाैँ । नेकपा एमालेले सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ आज पर्वत पुग्दै भएको छ । बिहान बागलुङको गलकोटबाट सुरु...
-
उपरथी अशोक सिग्देललाई रथीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडाैँ । मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाले रिक्त रथी पदमा उपरथी अशोकराज सिग्देलको बढुवा गर्ने निर्णय गरेको छ । बिहिवार बसेको...
-
प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिकी विशेष सहायकबीच भेटवार्ता
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष सहायक इलिन लाउबाचरबीच भेटवार्ता भएको छ । दक्षिण...
-
रोजगारीका लागि युरोप जानेको संख्या बढ्दो
काठमाडौँ । मध्यपूर्वका देश र मलेसियामा सीमित नेपाली युवाको वैदेशिक रोजगारी युरोपतिर मोडिएको छ । गएको एक वर्षदेखि नेपाली युवाको...
-
इंग्लिस प्रिमियर लिगः फुलहम, लिभरपुल, एस्टोन भिल्ला, बर्नमाउथ र म्यानचेस्टर युनाइटेड विजयी
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहम, लिभरपुल, एस्टोन भिल्ला, बर्नमाउथ र म्यानचेस्टर युनाइटेड विजयी भएका छन् । गएराति भएको...