ताजा समाचार

मदन पुरस्कार विवेक ओझाको ऐँठनलाई

काठमाडौं । २०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनले पाएको छ ।
आज बसेको मदन पुरस्कार गुठीको बैठकले ऐँठनलाई मदन पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो

त्यस्तै टेकवीर मुखियालाई जगदम्बा श्री पुरस्कार दिने निर्णय भएको गुठीले बताएको छ।

ओझाको उपन्यास ‘ऐंठन’ सशस्त्र द्वन्द्व र त्यसको नेपाली समाजमा परेको प्रभावलाई केन्द्रमा राखेर लेखिएको छ। दुबै पुरस्कार कोजागत पूर्णिमाको दिनमा अर्पण गरिन्छ।

‘मदन पुरस्कार’ एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरूमध्ये एक कृतिलाई प्रदान गरिने पुरस्कार हो । यो पुरस्कारका लागि अन्तिम सूचीमा परेका उत्कृष्ट पाँच पुस्तकहरुमध्येबाट ऐँठन छनोट भएको हो । उत्कृष्ट पाँच पुस्तकको सूचीमा ऐँठनसहित सुविन भट्टराईको इजोरिया, द्वारिकनाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर थिए ।

२०७८ को मदन पुरस्कार नवराज लम्सालको अग्नि र जगदम्बा श्री पुरस्कार दुर्गाप्रसाद श्रेष्ठले पाएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org