ताजा समाचार

बझाङमा आधा घन्टामा २ भूकम्पका धक्का महसुस , केही घर भत्किए

काठमाडौं । सुदूरपश्चिम क्षेत्रमा आज मंगलबार दिउँसो दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको थियो ।

त्यसको करिब २६ मिनेटपछि ३ बजेर ६ मिनेटमा बझाङमै केन्द्रविन्दु भएर ६.३ रेक्टरस्केलको अर्को भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् । भूकम्पले कति क्षति भयो भन्ने विस्तृत विवरण आउन बाँकी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org