एआइबिडी कार्यकारिणी समितिको उपाध्यक्षमा नेपाल निर्वाचित
काठमाडौं । प्रसारणको क्षेत्रसँग सम्बद्ध एआइबिडी नामक अन्तरराष्ट्रिय संस्थाको कार्यकारिणी समितिको उपाध्यक्षमा नेपाल निर्वाचित भएको छ ।
एसिया प्रसान्त क्षेत्रका ४४ राष्ट्र सदस्य रहेको एआइबिडीअन्तर्गत नेपालसहित १० राष्ट्र सदस्य रहेको कार्यकारी समितिको उपाध्यक्षमा नेपाल निर्वाचित भएको रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले जानकारी दिएका छन् । दुईवर्षे कार्यकाल रहने सो समितिको उपाध्यक्षमा नेपालका तर्फबाट अब नेपाल टेलिभिजनले प्रतिनिधित्व गर्नेछ । यसअघि रेडियो नेपालले सो समितिको सदस्यका हैसियतले प्रतिनिधित्व गरेको कार्यकारी निर्देशक केसीले जानकारी दिए ।
अफ्रिकी राष्ट्र मोरिससमा आज सम्पन्न एआइबिडीको तीनदिने २१औँ साधारणसभा तथा ४८औँ वार्षिक भेलाका अवसरमा अध्यक्षमा थाइल्यान्ड र उपाध्यक्षमा नेपाल निर्वाचित भएको हो । यसैगरी एआइबिडीको साधारणसभा तथा वार्षिक भेलाले सभापतिमा भारत र उपसभापति पदमा कम्बोडियालाई निर्वाचित गरेको पनि कार्यकारी निर्देशक केसीले जानकारी दिएका छन् ।
साधारणसभामा नेपालका तर्फबाट रेडियो नेपालका कार्यकारी निर्देशक केसी र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजङ्ग शाहले भाग लिएका थियो । प्रसारण क्षेत्रको विकास एवं विस्तारमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको एआइबिडीको केन्द्रीय कार्यालय मलेसियामा रहेको र स्थापना सन् १९७७ मा भएको हो । रेडियो नेपाल र नेपाल टेलिभिजन सो अन्तरराष्ट्रिय संस्थाको संस्थापक सदस्य रहेको जनाइको छ ।
Comments
अरु समाचार
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
काठमाडौँमा आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान’ सुरु
काठमाडौं । सभ्य सडक संस्कारका माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष...
-
जात, समुदाय लक्षित सामग्री सामाजिक सञ्जालमा नराख्न प्रहरीको आग्रह
काठमाडौं । सम्प्रदायबीचको सम्बन्धमा असर पार्ने किसिमका सामग्रीहरू सामाजिक सञ्जालमा नराख्न नेपाल प्रहरीको साइबर व्यूरोले अनुरोध गरेको छ । शुक्रबार...
-
डोल्पामा डढेलो निभाउने क्रममा घाइते भएका तीन सैनिकको मृत्यु
काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका–४ मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार जना सैनिकमध्ये तीन जनाको ज्यान गएको...
-
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको...
-
सशस्त्र प्रहरीको गोदाममा भएको आगलागीको घटना छानबिन गर्न समिति गठन
काठमाडौं । सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय गोदामघरमा सोमबार आगलागी भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी अस्पतालको...
-
उपत्यकाबाट आठ महिनामा एक हजार ८४७ मोटरसाइकल चोरी
काठमडौं । चालु आर्थिक वर्षको हालसम्म काठमाडौँ उपत्यकाबाट एक हजार आठ सय ४७ वटा मोटरसाइकल चोरी भएको प्रहरीको तथ्याङ्कले देखाएको...
-
खोटाङका एघार ठाउँमा बृहत् स्वास्थ्य शिविर
काठमाडौं । बेलायतस्थित खोटाङ सेवा समाजले स्वास्थ्य सेवामा पहुँच नभएका जिल्लावासीलाई लक्ष्यित गरेर बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।...
-
दिल्ली जान लागेका दुई तिब्बतीमूलका सहित तीन यात्रुको साथबाट हजारौं डलर बरामद
काठमाडौं । काठमाडौंबाट नयाँ दिल्लीतर्फ जान लागेका तीन जना यात्रुको साथबाट प्रहरीले हजारौं अमेरिकी र क्यानडेली डलरका साथै भारतीय रुपैयाँ...