ताजा समाचार

प्रभु बैंकले उच्च पदस्थ व्यक्ति लक्षित लगानी व्यवस्थापन सेवा सञ्चालन गर्ने

काठमाडौं । प्रभु बैंकले उच्च नेटवर्थ भएका ग्राहकहरुलाई लक्षित गरेर लगानी व्यवस्थापन सेवा सञ्चालन गर्ने भएको छ । कम्पनीका अनुसार उच्च पदस्थ व्यक्तिको समय व्यस्त हुने र लगानीमा उचित समय दिन नसक्ने समस्यालाई मध्यनजर गर्दै सेवा ल्याइएको हो। लगानीकर्ताले पचास लाख रुपैयाँबाट लगानी व्यवस्थापन सुरु गर्न सक्नेबैंकले जनाएको छ ।

कार्यक्रममा सहभागी हुन लगानीकर्ताले ५० लाख रुपैयाँ क्यास, आफ्नो सेयर पोर्टफोलियो अथवा क्यास र सेयर पोर्टफोलियो दुवै गरी लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् ।

कम्पनीले वार्षिक व्यवस्थापन शुल्क एक प्रतिशत र मुनाफामा लाग्ने शुल्क १५ प्रतिशत लिने जनाएको छ। त्यस्तै विशेष प्रिमियम प्याकेज अन्तर्गत ग्राहकको एकाघर घर परिवारका सदस्यहरुलाई आजीवन निःशुल्क डिम्याट खाता, क्यापिटलको अन्य लगानी व्यवस्थापन योजनाहरुमा वार्षिक शुल्क तथा मुनाफामा लाग्ने शुल्कमा ५० प्रतिशत छुट र निःशुल्क लगानी सम्बन्धि परामर्श तथा उत्कृष्ट कम्पनीहरुको संस्थापक सेयरमा लगानीको प्रस्ताव तथा अवसर प्रदान गरिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सेवाग्राहीले दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ईमेल मार्फत पाउने व्यवस्था प्रदान गरिनेछ। न्यूनतम लगानी अवधि तीन वर्षको रहने कम्पनीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org