ताजा समाचार

इजरायलबाट नेपालीको शव ल्याउन विमान तयारी अवस्थामा राखिने

काठमाडौं । सरकारले इजरायलमा मारिएका १० जना नेपाली विद्यार्थीको शव ल्याउन जहाज तयारी अवस्थामा राख्ने भएको छ।

इजरायली पक्षसँग समन्वय गरी उपयुक्त समयमा उडान गर्नगरी जहाज तयारी अवस्थामा राख्ने निर्णय भएको हो।

इजरायलमा जारी द्वन्द्व र द्वन्द्वको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले इजरायलमा रहेका नेपाली नागरिकहरुलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने निर्णय समेत गरेको छ।

प्यालेस्टिनी लडाकु समुह हमासले इजरायलमा आक्रमण गर्दा १० जना नेपाली विद्यार्थी मारिएका छन्। कृषि विज्ञान अध्ययन गर्ने विद्यार्थीहरु ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत प्रयोगात्मक अध्ययनका लागि इजरायल गएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org