हमासविरुद्ध लड्न युद्धपोत र लडाकु विमान इजरायलतर्फ पठाउँदै अमेरिका
एजेन्सि । हमास लडाकु समूहले इजरायलमा आक्रमण गरेपछि अमेरिकाले इजरायलको समर्थन गर्दै हतियार दिने वाचा गरेको छ ।
अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले हमासविरुद्ध लड्न पूर्वी भूमध्य सागरमा अमेरिकी युद्धपोत यूएसएस जेराल्ड आर फोर्ड, युद्धक विमान, एक मिसाइल क्रुजर, चार क्षेप्यास्त्र र गोलाबारुद पठाउने घोषणा गरेका हुन् । हमासको आक्रमणमा इजरायल, अमेरिका, नेपालका साथै कयौँ देशका नागरिकहरू पनि मारिएका छन् ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले यस विषयमा भनेको छ, ‘हामी थप सैन्य सहायता दिनेछौँ । साथै इजरायलको दुश्मनले यो स्थितिको फाइदा नउठाओस् भनेर अमेरिकाले अन्य काम पनि गर्नेछ ।’ इजरायलका अनुसार हालसम्म हमासको आक्रमणमा इजरायलमा रहेका ७ सय मानिसले ज्यान गुमाइसके । हमासका लडाकुले सयभन्दा बढी मानिस अपहरण पनि गरेका छन् ।
यस्तोमा इजरायलले हमासविरुद्ध जवाफी कारबाही थालिसकेको छ । इजरायलका सेनाहरू ट्यांकलगायतका हतियारसहित हमास लडाकु रहेका सीमा क्षेत्रमा जाँदैछन्, जहाँबाट अपहरणमा परेका मानिसहरू छुटाउन सकियोस् । इजरायलसँगै विदेशी नागरिकहरू अपहरणमा परेको आशंका छ ।
यस्तै, इजरायका सेनाले हवाई आक्रमण गर्दा प्यालेस्टाइनको गाजा क्षेत्रमा चार सयभन्दा बढी मानिसले ज्यान गुमाएका छन् भने २३ सयभन्दा बढी मानिस घाइते भएका छन् । गाजा क्षेत्रका भवनमा इजरायलको जवाफी कारबाहीले ठूलो क्षति पुगेको छ ।
बीबीसीको रिपोर्टअनुसार शनिबार हमासको आक्रमणले एकै स्थानमा २६० जनमा मानिसले ज्यान गुमाएका थिए । दक्षिणी इजरायलको एक मरुभूमिमा आयोजित संगीत महोत्सवमा रकेट मात्र आक्रमण गरिएन, हमासका लडाकुहरूले त्यहाँ घुसेर अन्धाधुन्ध गोलीसमेत चलाएका थिए ।
इजरायल र प्यालेस्टाइनबीच मुख्य गरी वेस्ट ब्यांक र पूर्व जेरुस्लमको विषयमा लामो समययता विवाद छ । यो दुवै क्षेत्र सन् १९६७ को मध्य-पूर्वको युद्धपछि इजरायलको नियन्त्रणमा गएको थियो । प्यालेस्टाइनको लडाकु समूह हमासले आफ्नो भूभाग फिर्ता गर्न युद्ध इजरायलसँग लडिरहेको बताउने गर्दछ ।
Comments
अरु समाचार
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...












