ताजा समाचार

इजरायलमा रहेका नेपाली स्वदेश फर्काउन पूर्व राष्ट्रपतिद्वारा सरकारको ध्यानाकर्षण

​​​​​​​काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले इजरायलमा रहेका नेपाली नागरिकहरूको आवश्यकताअनुसार उद्धार, स्वदेश फिर्ती, मृतकका परिवारलाई राहत लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन् ।

पूर्व राष्ट्रपति भण्डारीले इजरायलमा रहेका नेपाली नागरिकहरूको आवश्यकताअनुसार उद्धार, स्वदेश फिर्ती,घाइतेहरूको उपचार, मृतकका परिवारलाई राहत सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

भण्डारीले सामाजिक सञ्जाल ट्विटरमार्फत ट्विट गर्दै ‘इजरायल र प्यालेस्टिनी लडाकु समूह हमास बिचको द्वन्द्वमा परी १० जना नेपाली नागरिक सहित सयौँले ज्यान गुमाएको खबरले अत्यन्त दुःखी बनाएको छ। म मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्दछु। साथै, त्यहाँ रहेका नेपाली नागरिकहरूको सकुशल उद्धार गर्नुका साथै उनीहरूको सुरक्षाको लागि आवश्यक पहल गर्न म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु’ उल्लेख गरेकी छन।

उनले शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेकी छन । साथै, त्यहाँ रहेका नेपाली नागरिकहरूको सकुशल उद्धार गर्नुका साथै उनीहरूको सुरक्षाको लागि आवश्यक पहल गर्न समेत नेपाल सरकारलाई गम्भीर ध्यानाकर्षण गराएकी छन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org