ताजा समाचार

सरकारलाई संसदीय समितिको निर्देशन- इजरायलमा ज्यान गुमाएका नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउनू

काठमाडाैँ । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

मंगलबार बिहान सिंहदरबारमा बसेको समितिको बैठकले सरकारलाई समितिको तर्फबाट निर्देशन दिँदै समिति सभापति राजकिशोर यादवले घाइतेहरूको स्वास्थ्योपचार गर्न, बेपत्ता भएका नेपालीहरूको तत्काल खोजी गर्न र अप्ठ्यारोमा परेका नेपालीहरूको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएका हुन् ।

उनले घटनाका पीडित एवं पीडित परिवारलाई राहतको व्यवस्था गर्न, स्वदेश फिर्तीको चाहना भएका नेपालीलाई तत्काल फिर्तीको लागि आवश्यक समन्वय र शीघ्र पहलकदमी लिन पनि सरकारलाई निर्देशन दिए । समितिले भविष्यमा हुने यस्ताखाले घटनाको पूर्व आकलन गरी विदेशस्थित नेपाली दूतावास र नियोगमा नेपालीहरूको विवरण आवधिक गरी पूर्ण अवस्थामा राख्न पनि सरकारलाई निर्देशन दिएको छ ।

समितिले विदेशस्थित कूटनीतिक नियोगलाई स्रोतसाधनसहित सक्षम बनाउनसमेत परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org