ताजा समाचार

मेची–महाकाली जागरण अभियानको ‘हरिविजोक’: सुन्ने मान्छे नभएपछि नेपाल र खनाल भाषणै नगरि फर्किए

काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल  सुन्ने मान्छे नभएपछि दाङको तुलसीपुरबाट भाषण नगरेर फर्किएका छन् ।

मेची–महाकाली नेकपा एकीकृत समाजवादी जागरण अभियान अन्तर्गत तुलसीपुरको मदनआश्रीत चोकमा मंगलबार कार्यक्रमको आयोजना गरिएको थियो ।

पार्टीका कार्यकर्ता, स्वयमसेवक, सुरक्षाकर्मी, र स्वयम नेताहरु सहित झण्डै १ सय ५० जनाको हाराहारीमा मान्छेहरु जम्मा भएपछि पार्टीका अध्यक्ष नेपाल र वरिष्ठ नेता खनालले भाषण नगरेर बाँकेको कोहलपुर तर्फ लागेका हुन् । कार्यक्रमलाई नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, उपमहासचिव तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र दाङ सह इन्चार्ज अनारकली मियाले सम्बोधन गरेका थिए ।

गाडीमा चार वटा माइक अगाडी पछाडी तुलसीपुरमा क्षेत्रमा दिनभर व्यापक प्रचार गरेपनि कार्यकर्ताहरुको नगन्य मात्रामा भएको उपस्थितिले नेताहरु निराश भएका छन् ।

‘घर तर्फ जाँदै थिए यसो हेरेको माधव नेपाल र झलनाथ खनाललाई देखेर भाषण सुन्न बसे । उनिहरु त जुरुक्क उठेर भाषण नगरेर हिडे । मान्छे नभएर भाषण नगरेको बुझीयो । तर अरु नेता नबोलेर माधव नेपाल मात्रै ५ मिनेट बोलेको भए पनि हुने थियो । आधाघन्टाको समय बेकार खेर गयो । यसले राम्रो सन्देश गएन ।’ नेपाली काँग्रेस निकट शिक्षक एकराज केसीले भने ।

यता नेकपा एकीकृत समाजवादीका दाङ जिल्ला सह इन्चार्ज अनारकली मियाले भाषण सुनाउने मान्छे नभएको र नेपालगञ्ज जान ढिला भएकाले पनि दुबै जना नेताले भाषण नगरेको बताए ।

‘केलाई सुनाउन भाषण गर्ने हो र ? घोराहीमा पनि कार्यक्रम थियो । मान्छे सबै उतै रहे । यहाँ कस्लाई सुनाउने हो । फेरि कमरेडहरुलाई नेपालगञ्ज जान पनि हतार थियो ।’ सह–इन्चार्ज मियाले भने ।

पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, एकीकृत समाजवादीका नेता भागवत विश्वासी, दाङका नेकपा एसका अध्यक्ष सुरामणी वेलवासे लगायतका एसमाजवादीका सयौं नेता तथा कार्यक्रता एमालेमा समाहित भएपछि त्यसको प्रभाव पार्टीमा देखिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org