ताजा समाचार

तिनकुने सामुहीक हत्या अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यलयमा पेस, भण्डारीविरुद्ध जन्मकैद माग

काठमाडौं । प्रहरीले तिनकुनेस्थित दिव्य सःमिलमा भएको सामुहीक हत्याको अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिलको कार्यलयमा पेस गरेको छ । घटनामा संलग्न अधियुक्त २३ वर्षीय सञ्जय भण्डारीविरुद्ध जन्मकैदको मागदावी गरिएको छ।

जिल्ला सरकारी वकिलको कार्यलय काठमाडौंका अनुसार प्रहरीले हत्यासँग सम्बन्धित अनुसन्धान प्रतिवेदन मंगलबार साँझ वकिलको कार्यलयमा पेस गरेको हो । घटनाको २५ दिनपछि प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यलयमा बुझाएको हो ।

कार्यलयका जिल्ला न्यायधिवक्ता अच्युतमणि नेउपानेले दिव्य सःमिलमा भएको हत्याको अनुसन्धान प्रतिवेदन वकिलको कार्यलयमा पेस भएको छ । प्रतिवेदन अध्यायन गर्न पाएको छैन् । त्यसैले अभियुक्तविरुद्ध के कति सजाय मागदाबी गरिएको भन्न सकिने अवस्था रहेन, उनले भने ।

गत भदौ २९ मा सः मिलमा कार्यरत दोलखा कालिञ्चोक गाउँपालिका–८ का ५६ वर्षीय कुमार भुजेल भनिने पूर्णबहादुर भुजेल, उनकी श्रीमती ५० वर्षीया अम्बिका भुजेल, आमा ७६ वर्षीया सुभद्रा भुजेल र धनकुटा भिरगाँउ गाँउपालिका–२ का नवीन भनिने विशाल राईको सामूहिक हत्या भएको थियो । घटनामा संलग्न रहेको भन्दै प्रहरीले भदौ ३१ गते सिन्धुपाल्चोकस्थित बाह्रबिसेबाट पक्राउ गरी ल्याएको थियो ।

फरक क्षमताका भण्डारी सँग जिल्ला प्रहरी परिसर काठमाडौंले बहिरा संघका दोभाषेमार्फत बयान लिएको थियो । बयानका क्रममा उनले थप १६ जनाको हत्या गरेको बयान दिएका थिए  । प्रहरीले उनको बयानलाई आधार मानेर केही घटनाको अनुसन्धानसमेत गरेको थियो । तर प्रमाण स्थापित हुने गरी बयान मेल नखाएपछि प्रहरीले उनको ब्रेन फिंगरप्रिन्ट लिने योजना बनाएको थियो ।

जिल्ला प्रहरीपरिसर काठमाडौंका प्रवक्ता एसपी कुमुद ढुगेलले भण्डारीको उपलब्ध उपकरणको सहायतामा ब्रेन म्यापिङ परिक्षण गर्ने काम भएको जानकारी दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org