ताजा समाचार

एमाले सुदूरपश्चिमको पदाधिकारी सर्वसम्मत चयन, अध्यक्षमा जैशी

काठमाडाैँ । नेकपा (एमाले) ले सुदूरपश्चिममा सहमतिबाट पदाधिकारी चयन गरेको छ। अध्यक्षमा अछामका कृष्णप्रसाद जैसी छानिएका छन्। उनी अछामका पूर्वजिविस सभापति हुन्।

अछामका कमल तिमिल्सिना, भरत साउद र कञ्चनपुरका बचनबहादुर सिंहले बुधबार उम्मेदवारी फिर्ता लिएपपिछ उनी सर्वसम्मत अध्यक्ष चुनिएका छन्। सहमतिका लागि बाधक नबन्ने भन्दै तीनै जना प्रत्याशीले उम्मेदवारी फिर्ता लिएका हुन्।

उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही निर्विरोध भइसकेका छन्। उपाध्यक्षमा उम्मेदवारी दिएका हरिसिंह साउद, हजारी साउद, बलदेव रेग्मी, रणबहादुर महराले उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध भएका हुन्।

सचिवमा रणबहादुर चन्द निर्विरोध चुनिएका छन्। रतनराज रेग्मी र राजेशकुमार खातीले उम्मेदवारी फिर्ता लिए पनि उनी सर्वसम्मत भए।

महिला उपसचिवमा भागिरथी विष्ट सर्वसम्मत भएकी छन्। कन्दकला राना र कलशा महराले उम्मेदवारी फिर्ता लिएपछि विष्ट सर्वसम्मत बनिन्।

खुला उपसचिवमा नरबहादुर बिक सर्वसम्मत भएका छन्। अशोककुमार चन्दले उम्मेदवारी फिर्ता लिएपछि उनी सर्वसम्मत बनेका हुन्।

‘पदाधिकारी र अधिकांश जिल्लामा सर्वसम्मति भइसकेको छ। सुरूदेखि नै हामीले सहमतिको प्रयास गरेका थियौं। निर्वाचन कमिटीले घोषणा गर्न बाँकी रहेको छ,’ एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले भने।

उनका अनुसार बाजुरा, अछाम, डडेलधुरा, डोटी, बैतडी र दार्चुला जिल्ला पनि सर्वसम्मत भइसकेको उनले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org